सेयर बजारमा ४८ अंकको पहिरो, यी २ कम्पनीको मूल्य बढ्यो १० प्रतिशत
आइतबार सेयर बजारको परिसूचक नेप्से ४८.८ अंकले घटेको छ। सो अंकको गिरावटसँगै परिसूचक ३०४५ अंकमा झरेको छ। यस दिन १५ अर्ब ६५ करोड रुपैयाँको सेयर किनबेच भयो।
मंगलबार सेयर बजारमा उच्च अंकको रेकर्ड बनेको छ। यस दिन ५२ अंकले बढेर परिसूचक ३ हजार १६१ अंकमा पुगेको हो। यसअघि साउन २० गते ३ हजार १ सय २३ अंकको उच्च रेकर्ड बनेको थियो।