पूर्व मन्त्री विक्रम पाण्डेको २५ करोडको कम्पनीले पाँच वर्षमा कमायो १६ अर्ब सञ्चालन नाफा

काठमाडौं । पूर्व शहरी विकासमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टिका सांसद विक्रम पाण्डेको कम्पनी कालिका कन्सट्रक्सनले पाँच वर्षमा ठेक्कापट्टाबाट १६ अर्ब ७२ करोड रुपैयाँ सञ्चालन नाफा गरेको छ । कम्पनीसँग अझै पनि २२ अर्ब रुपैयाँ बराबरका ठेक्का कार्यान्वयन गर्न बाँकी छन् ।  रेटिङ कम्पनी इक्रा नेपालका अनुसार कम्पनीले औषतमा वार्षिक साढे तीन अर्ब सञ्चालन नाफा गर्दै आएको छ । कालिकाको चुक्ता पूँजी भने २५ करोड रुपैयाँ मात्र रहेको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाण्डे प्रमुख रहेको कालिका कन्ट्रक्सन विरुद्ध भ्रष्टाचार मुद्दासमेत दायर गरेको थियो । पाण्डेको कम्पनीले सिक्टा सिचाईको ६ अर्ब रुपैयाँको आयोजना निर्माणको ठेक्का लिएकोमा नहर निर्माणमा गरिएको लगानी शून्य अवस्थामा पुगेको ठहर गर्दै अख्तियारले दुई वर्ष कैद सजाय माग गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको थियो । विशेष अदालतले पाण्डेलाई २०७५ सालमा ४ करोड रुपैयाँ धरौटी लिएर रिहा गरेको थियो । राजनीतिक पहुँच भएका सांसद पाण्डेले वार्षिक अर्बौ रुपैयाँको ठेक्कापट्टा हात पार्ने गरेको आरोप खेप्दै आएका छन् । केही महीनाका लागि प्रधामन्त्री प्रचण्डको सरकारमा शहरी विकासमन्त्री भएका उनलाई स्वार्थ बाझिने गरी आफ्नै कम्पनीलाई ठेक्का दिएको आरोप समेत लागेको थियो ।  इक्राका अनुसार कम्पनीले लिएको ठेक्काको झण्डै ७९ प्रतिशत परियोजना कार्यान्वयन गर्नु पर्ने समय अवधी भन्दा पछि रहेका छन । जसका कारण कम्पनीलाई कार्यान्वयन जोखिम पनि रहेको छ । त्यस्ता परियोजनाहरूको कार्यान्वयनमा ढिलाईहुँदा कम्पनी कालोसूचीमा पर्न सक्ने जोखिम बढेको इक्राले जनाएको छ ।  इक्राले सार्वजनीक गरेको रिपोर्टमा पनि कालिकाद्वारा सञ्चालित हालका अधिकांश आयोजनाहरू नेपाल सरकार, मन्त्रालय वा सम्बन्धित निकायहरूसँग सम्बन्धित रहेको उल्लेख गरिएको छ ।  इक्रा नेपालका अनुसार कम्पनीले वित्तीय वर्ष २०२१ मा २ अर्ब ८५ करोड, २०२० मा ३ अर्ब ५५ करोड, २०१९ मा ३ अर्ब ३३ करोड, र २०१८ मा ३ अर्ब ३५ करोड सञ्चालन नाफा गरेको छ ।  कम्पनीले १२ अर्ब २२ करोड रुपैयाँको अल्पकालीन र ५५ करोड रुपैयाँको दीर्घाकालीन कर्जाका लागि इक्राबाट रेटिङ गराएको हो । कम्पनीले अल्पकालीन कर्जाको लागि ए थ्री प्लस र दीर्घाकालिन कर्जाको लागि ए ट्रिपल बी रेटिङ पाएको छ । कम्पनीले यसअघि ११ अर्ब ३२ करोड रुपैयाँ कर्जाको लागि रेटिङ गराएको थियो ।  विक्रम पाण्डेले सन् १९७६ मा कालिका कन्स्ट्रक्सन शुरु गरेका थिए । उनी अहिले कम्पनीका अध्यक्ष र प्रबन्ध निर्देशक रहेका छन् । कालिका कन्सट्रक्सन देशको सबैभन्दा ठूला सीमित निर्माण कम्पनी मध्ये एक हो । कम्पनीले पुल, सडक, जलविद्युत, सिँचाइ र खानेपानी आयोजना जस्ता विभिन्न क्षेत्रहरूमा निर्माणको काम गर्दै आएको छ ।  कम्पनीमा दुई व्यक्ति र चार कम्पनीहरुको लगानी रहेको छ । कम्पनीमा पाण्डे र उनकी श्रीमती पार्वती पाण्डेको बराबरको ४९ दशमलव ९८ प्रतिशत शेयर रहेको छ । बाँकी ०.०४ प्रतिशत लगानी भने चार समूहका कम्पनीहरूको रहेको छ ।

सम्बन्धित सामग्री

एनसेलले तिर्‍यो २ अर्ब बढी रोयल्टी

काठमाडौं । एनसेलले गत आर्थिक वर्षमा सबैभन्दा बढी रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) मा योगदान गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार एनसेलले गत आर्थिक वर्षमा यी दुवै शीर्षकमा २ अर्ब रूपैयाँभन्दा बढी राजस्व तिरेको छ । यो कम्पनीले गत आर्थिक वर्ष (आव) २०७९/८० मा रोयल्टी अन्तर्गत १ अर्ब ४७ करोड रुपैयाँ बुझाएको […]

चौधरी ग्रुपअन्तर्गतका कम्पनीले एक वर्षमा तिरे १६ अर्ब १४ करोड कर

चौधरी ग्रुपअन्तर्गतका कम्पनीहरूले एक वर्षमै १६ अर्ब रुपैयाँ कर बुझाएका छन् । आफूअन्तर्गतका खाद्य एवं पेय पदार्थ, हस्पिटालिटी, वित्तीय क्षेत्र, अटोमोबाइल्स, शिक्षा, पूर्वाधार एवं न्यु टेक्नोलोजीलगायत क्षेत्रका कम्पनीले आर्थिक वर्ष ०७९/८०...

१९ जीवन बीमा कम्पनीले आर्जन गरे बीमा शुल्कबाट १ खर्ब ३९ अर्ब

२७ साउन काठमाडौं । जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षमा करिब एक खर्ब ३९ रुपैयाँको बीमा शुल्क आर्जन गरेका छन् । आर्थिक वर्ष २०७८/७९ मा १९ जीवन बीमा कम्पनीले एक खर्ब ३८ अर्ब ६४ करोड रुपैयाँको कुल बीमा शुल्क आर्जन गरेको बीमा समितिले जनाएको छ । जुन कुल बीमा शुल्क आर्जनको २९.९० प्रतिशत हो । […]

एनसेलले ५ वर्षमा तिर्‍यो १ खर्ब ४४ अर्ब कर

काठमाडौँ – नेपालको पहिलो निजी टेलिकम्युनिकेसन सेवाप्रदायक कम्पनी एनसेलले गत आर्थिक वर्षमा मुलुकका लागि साढे ५२ अर्ब रुपैयाँ बराबरको योगदान गरेको छ। ०७८/७९ मा नेपालको अर्थतन्त्रमा ५२ अर्ब ३७ करोड रुपैयाँ योगदान गरेको नेसनल कन्ट्रिब्युसन रिपोर्टमा उल्लेख छ। कम्पनीले ग्रस भ्याल्यु याडेड भनेको त्यो विशाल रकम देशको कुल गार्हस्थ उत्पादनको १.४ प्रतिशत हो। एनसेलका कारोबारहरूले […]

एक वर्षमा साढे ३ अर्ब विज्ञापनमाथि गुगलले गर्‍यो कारबाही

गुगल कम्पनीले बितेको वर्ष सन् २०२१ मा झण्डै साढे ३ अर्ब वटा विज्ञापनमाथि कारबाही गरेको छ । गुगलले सार्वजनिक गरेको विज्ञापन सुरक्षा प्रतिवेदन अनुसार सन् २०२१ मा गुगलले ३ अर्ब ४० करोड विज्ञापनमाथि कारबाही गरेको हो । ती मध्ये कतिपय विज्ञापनमाथि प्रतिबन्ध लगाइएको छ भने कतिपयलाई सधैंका लागि हटाइएको छ । सन् २०२१ मा तीन […]

निफ्राले पहिलोपल्ट एक अर्ब ७० करोड लाभांश बाँड्दै

काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क (निफ्रा) ले पहिलोपल्ट लाभांश घोषणा गरेको छ । निफ्राले आइपिओ जारी गरेपछिको दोस्रो आर्थिक वर्षमा नगद लाभांश दिने भएको हो । कम्पनीले चुक्ता पुँजी २० अर्ब रुपैयाँको ८.५ प्रतिशत (करसहित) ले हुने एक अर्ब ७० करोड रुपैयाँ नगद लाभांश दिने भएको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैङ्कको स्वीकृतिपछि वार्षिक […]

युनाइटेड इन्स्योरेन्सको प्रवेश अर्ब क्लबमा

काठमाडौं। चालु आर्थिक वर्षमा युनाइटेड इन्स्योरेन्स कम्पनीले एक अर्ब रुपैयाँभन्दा धेरै बिमा शुल्क आर्जन गरेको छ। गत वर्ष ६९ करोड बिमा शुल्क आर्जन युनाइटेडले शाखा तथा सेवा विस्तार, सङ्गठनात्मक संरचनामा सुधारजस्ता काम गरेसँगै कम्पनीअर्ब क्लबमा प्रवेश गरेको हो। संचालक समितिका अध्यक्ष रविभक्त श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत उपासना पौडेलको नेतृत्वमा समूह अर्ब क्लबमा प्रवेश गर्न सफल भएको हो।

जहाँ कर्मचारीले वर्षमा चार दिनमात्रै अफिस गए पुग्ने

काठमाडौँ । अष्ट्रेलियाको एक कम्पनीले आफ्ना कर्मचारीहरुलाई वर्षमा चार दिन मात्रै अफिस आउन भनेको छ । कर्मचारीहरुले आफूलाई पायक पर्ने नजिकको कार्यालयमा हरेक त्रैमासिक अवधिमा एक पटक मात्र उपस्थित भए पुग्ने छ । ८० अर्ब डलर मूल्यको एटलासियन कम्पनीले कर्मचारीहरुले जहाँसुकैबाट काम गर्नसक्ने घोषणा गरेको हो । कोरोना भाइरस महामारीको परिस्थितिलाई मध्‍यनजर गर्दै कम्पनीले ‘टीम […]