संसारको सबैभन्दा चिसो शहरमा घुम्ने र हिउँमा रमाउने चाहना साँचेर राख्नुभएको छ भने चीनको हारबिन शहरलाई सम्झनोस् र आँट गरी पुग्नोस् । यहाँ तपाईले बरफका संरचना र हिउँमा कुँदिएका कलाकारिताको अद्भूत नमूना देख्न पाउनु हुन्छ । स्की खेल मज्जासँग खेल्न सक्नुहुन्छ र सँगसँगै तातोपानीमा स्नान गर्ने अवसर पनि पाउनुहुन्छ । यी सबै कुराको प्रत्यक्ष अनुभव गर्ने उपयुक्त समय डिसेम्बर–जनवरी हो ।