सशस्त्र द्धन्दकालका गम्भीर मानवअधिकार उल्लंघनका पीडितलाई न्याय दिलाउन सरकारले जवाफदेहिता नदेखाएको भन्दै खबरदारी गरिएको छ । शिक्षक मुक्तिनाथ अधिकारीको हत्या भएको १९ वर्ष बितिसक्दा पनि पीडितलाई सत्य, न्याय र परिपुरणको अधिकार सुनिश्चित गर्नमा सरकार र राजनीतिक दलहरुले आलटाल गरेको भन्दै काठमाडौँमा खबरदारी कार्यक्रम राखिएको हो ।अधिकारीको वि.सं. २०५८ साल माघ ३ गते हत्या गरिएको थियो । सशस्त्र द्धन्दकालमा गम्भीर मानवअधिकार उल्लंघनका पीडितलाई न्याय दिन तथा पिडकलाई कारबाही गर्न भनि सत्य निरुपण र बेपत्