जातीय विभेदविरुद्ध जसपाले खबरदारी गर्ने

जनता समाजवादी पार्टी (जसपा) नेपालमा हुँदै आएको जातीय विभेदविरुद्ध खबरदारी कार्यक्रम गर्ने भएको छ । हालै जुम्लामा अन्तरजातीय विवाह गरेको विरोधमा घरमा आगजनी गरिएको र दाङमा कथित तल्लो जात रहेको भनी डेराबाट निकालिएको घटनाको विरोधमा खबरदारी कार्यक्रम गर्न लागिएको सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार काठमाडौँको माइतीघरमण्डलामा असार …

सम्बन्धित सामग्री

जुम्लामा भएको जातीय विभेद र आगजनीविरुद्ध जसपाको विरोध प्रदर्शन

जुम्लामा अन्तरजातीय विवाह गर्दा दलित समुदायका युवकको घरमा आगजनी गरिएको र दाङमा जातीय भेदभाव गरी डेराबाट निकालिएको घटनाको विरोधमा बुधबार काठमाडौंमा प्रदर्शन भएको छ । जनता समाजवादी पार्टीनिकट समाजवादी दलित मुक्ति संगठनले जुम्ला र दाङमा भएका घटनासहित देशैभरि भइरहेका जातीय भेदभावका घटनाको विरोधमा विरोध प्रदर्शन र खबरदारी गरेको हो ।