निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका सन्दर्भमा आचारसंहिता पालनामा ध्यान दिन सञ्चारमाध्यमहरूलाई सचेत गराएको छ। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय तुल्याउन समाजका सबै पक्षको योगदान हुन आवश्यक रहेको भन्दै आयोगले कतिपय सञ्चारमाध्यमले निर्वाचन आचारसंहिताको व्यवस्था विपरीत विभिन्न दल र उम्मेदवारका पक्ष वा विपक्षमा सामग्री गर्ने गरेको पाइएको विज्ञप्तिमार्फत जनाएको छ ।‘पूर्वानुमानयुक्त सामग्री प्रकाशन र प्रसारण गर्ने, निर्वाचन प्रचारप्रसारका क्रममा रहेका केही दल र उ