ऐतिहासिकताले भरिपूर्ण चिसापानी गढी

नेपाल एकीकरणदेखि देशलाई विदेशीको पञ्जामा पर्न नदिन र उनीहरुलाई परास्त गरिएका युद्धस्थल (गढी)हरुमध्ये मकवानपुरको चिसापानी गढी सबैभन्दा धेरै ऐतिहासिक चीजबीजको संरक्षण भएको स्थान भएको विज्ञहरु बताउँछन् । यहाँ पुरातात्विक महत्वका थुप्रै वस्तु सुरक्षित रहेकाले ऐतिहासिक अध्ययनका हिसाबले यो गढी महत्वपूर्ण रहेको इतिहासका जानकारहरू बताउँछन् । इतिहासका अध्येता केदार न्यौपानेका अनुसार कुनै बेला निकै नै चल्तीको …

सम्बन्धित सामग्री

रोजाइमा पर्दै चिसापानीगढी

देशभर भएका गढी तथा किल्लाभित्र पर्ने एक हो रामेछापको चिसापानीगढी। नेपाल र अङ्ग्रेज युद्धका बेला नेपालका सेनाले यो चिसापानी गढी प्रशिक्षण गर्ने थलोका रूपमा प्रयोग गरेको स्थानीयवासी बताउँछन्। नेपाल र अङ्ग्रेज युद्धका बेलाको भग्नावशेष र चिनो रहेकाले चिसापानीगढी ऐतिहासिक रूपमा महत्त्वपूर्ण रहेको छ।

चिसापानी गढी भग्नावशेषमा परिणत, रक्सौलसम्म दाग्ने सेनकालीन तोपको संरक्षण भएन

साथै यसै स्थानमा लडाइको समयमा प्रयोग भएका तोपको गोला पनी छर्पस्ट देख्न सकिन्छ । यहाँ विभिन्न ठाउँमा दाग्ने ६ तोप छन् । यहाँ भएको काली तोप रक्सौल, लाली तोप पोखरा, अरु दुई पथलैया र बागमती सम्म हान्न मिल्ने अन्य दुई तोप छन् ।

मुहार फेर्दै २७७ वर्षअघिको देशकै मुख्य नाका, जहाँ जमाएका थिए पृथ्वीनारायणले हक

पृथ्वी नारायण शाहले तत्कालीन मिर कासीमको फौजसँग युद्ध लड्न चिसापानी गढीलाई पुननिर्माण गरेका थिए । चिसापानी गढी हालको अवस्थामा पनि देशका अन्य गढीहरूको तुलनामा निकै सुरक्षित मानिन्छ ।

चिसापानी गढी संरक्षण तथा पूर्वाधार निर्माणको शिलान्यास, यस्तो छ गढीको इतिहास

ऐतिहासिक चिसापानी गढी क्षेत्रको संरक्षण तथा पूर्वाधार निर्माणको शिलान्यास गरिएको छ । २ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ३ करोड ७ लाख एक हजार रुपैयाँको लागतमा ऐतिहासिक चिसापानी गढीको संरक्षणका लागि पूर्वाधार निर्माण कार्य बुधबार प्रधानसेनापति प्रभुराम शर्माले शिलान्यास गरेका हुन् ।संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र भीमफेदी गाउँपालिकाको संयुक्त लगानीमा सोही गाउँपालिका–६ स्थित ऐतिहासिक चिसापानी गढी क्षेत्रको संरक्षण तथा पूर्वाधार निर्माणका लागि आवश्यक बजेट तर्जुमा गरिएको गाउँपा

ऐतिहासिक महत्त्वका गढीहरूको संरक्षण गर्नुपर्छ : प्रधानसेनापति शर्मा

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले ऐतिहासिक महत्त्वका गढीहरुको संरक्षण गर्नुपर्ने बताएका छन् । बुधबार मकवानपुरस्थित चिसापानी गढी क्षेत्रको संरक्षण तथा पूर्वाधार निर्माण शिलान्यास गर्दै उनले नेपाली सेना यस्ता गढीको संरक्षणका लागि भूमिका निर्वाह गर्न तयार रहेको बताए ।प्रधानसेनापति शर्माले तत्कालीन समयमा देशको रक्षा गर्न बनाइएका गढीहरु नेपालको इतिहाससँग जोडिएको भन्दै सबैले यिनको संरक्षण गर्नुपर्नेमा जोड दिए । उनले ऐतिहासिक चिसापानी गढी संरक्षणमा स्थानीय तहले अग्रसरता देखाएकोमा खुशी प्रकट

आज यी क्षेत्रमा खतरा बढ्न सक्ने, उच्च सतर्कता अपनाउन आग्रह

गण्डकी, १७ असार । बाग्मती प्रदेशसहित गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा गए रातिदेखि नै अविरल वर्षा भइरहेको छ । आज जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाले गण्डकी प्रदेशमा तनहुँको बिमल नगर, बन्दीपुर, चितवनको कालीखोला, मकवानपुरको चिसापानी गढी र सिलिङ्गे लगायतका वर्षा मापन केन्द्रमा भारी वर्षा मापन गरेको छ । ती स्थानका स–साना […]

वाग्मती, गण्डकी, लुम्बिनी र प्रदेश-२ का केही ठाउँमा ठूलो वर्षा

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित वाग्मती, गण्डकी, लुम्बिनी र प्रदेश-२ का विभिन्न ठाउँमा रातिदेखि नै ठूलो पानी परेको छ । लगातारको वर्षासँगै नारायणी नदीमा बाढीको जोखिम बढेको छ । लमजुङको रैनासटार, तनहुँको बिमल नगर, बन्दीपुर र सखर, चितवनको कालीखोला, मकवानपुरको चिसापानी गढी र सिलिङ्गे लगायतका वर्षा मापन केन्द्रमा भारी वर्षा मापन गरिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । ती क्षेत्रका ससाना नदी खोलाहरुमा आकस्मिक बहाव आउन सक्ने भएकाले सावधानी अपनाउन मौसमविदले आग्रह गरेका छन् । आज दिनभर नै प्रदेश-१, प्रदेश-२, वाग्मत...

अवरुद्ध कुलेखानी सडक सञ्चालनमा

हेटौँडा भीमफेदी कुलेखानी हुँदै काठमाडौँ जाने सडकअन्तर्गत भीमफेदी गाउँपालिका–६ चिसापानी गढी र जुरिखेतमा सञ्चालनमा आएको छ । गए रातिदेखि वरुद्ध उक्त सडकखण्डमा खसेको पहिरो आज बिहानदेखि पन्छाउन शुरु गरिएको थियो ।