जुम्ला : कनकासुन्दरी गाउँपालिका-३ गौरीगाउँमा रहेको नवदुर्गा आधारभूत विद्यालयका विद्यार्थी चौरमा पढ्न बाध्य छन्। कक्षा कोठा अभावमा चौरमा पठनपाठन गर्नु परेको हो।विद्यालयमा दुई कोठे तीन वटा भवन छन्। तर‚ यी भवन पर्याप्त छैनन्। भएका भवन समेत जीर्ण भएकाले बस्न सक्ने अवस्था छैन। एउटा भवन हिमपातका कारण गत माघ ९ गते भत्किएको छ।अर्को भवनमा बर्खाको समयमा कक्षाकोठा भित्र पानी पस्छ। ढोका र पर्खालमा राखिएको सबै काठ कुहिन थालेको छ। कोठाको तल सिलिङ गरेको काठ काम नलाग्ने अवस्थामा पुगेको छ। अहिले विद्यालयमा