सरकारले मुलुकको राष्ट्रिय आवश्यकता र प्राथमिकताअनुसार विकास सहायता स्वीकार गरी उपयोग गर्दै आएको स्पष्ट गरेको छ।
नेपालले स्वीकार गरेको अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सहयोगका सम्बन्धमा विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भएका भ्रामक अभिव्यक्तिको खण्डन गर्दै सरकारले नेपालको पूर्वाधार निर्माण र विकासमा विकास सहायताले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएको छ।