काठमाण्डाै – परराष्ट्र मन्त्रालयले नेपालको सार्वभौम संसद्ले नै नेपालले लिने कुन विकास सहायता ठिक छ भनेर निर्णय गर्ने जनाएको छ । अमेरिकी सहायता परियोजना एमसीसी संसदमा टेबल भएपछि परराष्ट्र मन्त्रालयले आज आइतवार विज्ञप्ति निकालेर नेपालले अहिलेसम्म देश र नागरिकको आवश्यकता र देशको हितलाई आधार मानेर विदेशी सहायता लिइरहेको उल्लेख गरेको छ ।एमसीसीतर्फ इङ्गित गर्दै मन्त्रालयले नेपालको राष्ट्रिय हित र प्राथमिकताका सर्तहरू हेरेर मात्रै सरकारले विकास सहायता स्वीकार गर्ने निर्णय गरेको र अब यसको छिनोफानो सार्वभौमसत्ता सम्पन्न संसद...