गरिबी निवारणका मुद्दा

गरिबी भन्नेबित्तिकै मानिसले बाँच्नका लागि खाना, लत्ताकपडा, आवास, खानेपानी, सर्वसुलम स्वास्थ्य र शिक्षाजस्ता आधारभूत आवश्यकताको अभावलाई बुझिन्छ । पश्चिमाले दैनिक छ डलरभन्दा कम आम्दानी हुने मानिसलाई अति गरिब भनेर मानेका छन् । दिगो विकासका पक्षधरले प्रकृतिसँग मिलेर प्राकृतिक जीवन जिउन सक्नुलाई सम्पन्नता मानेको छ । अमत्र्य सेनले गरिबीलाई आम्दानीका आधारमा मात्र हेर्ने होइन कि आत्मसम्मानपूर्ण ढङ्गले बाँच्न नपाउने अवस्थालाई गरिबी भन्नुभएको छ । चाणक्य नीतिका अनुसार धनहीन मनुष्यको सुन्दर घर पनि तारा नभएको आकास र पानी नभएको कुवाजस्तै उदास र सुनसान हुन्छ भनिएको छ । हाम्रा दूरदराजका गाउँघरमा अझै पनि बाटो, बिजुली, स्वास्थ्यचौकी, स्कुल, कलेजको अभावै छ । समयमा औषधि नपाई अकालमा मर्न‘पर्ने त छँदै छ, शिक्षको अभावमा कालो अक्षर भँैसीबराबरको अवस्था छ । नेपाली समाजको प्रमुख समस्या भनेकै गरिबी हो । विश्व आर्थिक मञ्चमा गरिबीलाई निरपेक्ष र सापेक्ष गरी दुई अवधारणाबाट विश्लेषण गरिएको पाइन्छ ।

सम्बन्धित सामग्री

सडकदेखि संसद्‍सम्म लघुवित्त पीडितका मुद्दा : समाधानका लागि सरकार देखाउँदैन चासो

काठमाडौं । लघुवित्त कम्पनीबाट समस्यामा परेका ऋणीका विषयमा संसद्‍मा कुरा उठेको छ । प्रतिनिधिसभाको बुधवारको बैठकमा शून्य र विशेष समयमा बोल्ने सांसदले यो विषय उठाएका हुन् । शून्य समयमा बोल्दै नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले लघुवित्त संस्थाको नियमन कमजोर हुँदा समस्या देखिएको बताए । “अति न्यून आय भएका नागरिकलाई गरिबीको आहालबाट निकाल्नका लागि काम होला भनेर लघुवित्त संस्था आएका हुन् । अहिले तिनै लघुवित्त संस्थाका कारणले गर्दा गरीब थला पर्न बाध्य भएका छन् ।” थापाले भने । लघुवित्त क्षेत्रमा सङ्कट आउनुमा सञ्चालक, ऋणी र नियामक सबै उत्तिकै जिम्मेवार रहेको उनको आरोप छ । अनुचित नाफा कमाउनका लागि जे पनि गर्ने लघुवित्त संस्था, तत्कालको गर्जो टार्नका लागि जहाँबाट जसरी भए पनि ऋण लिने ग्राहक, अनि अनुमति दिँदा हात फैलाउने र सुपरीवेक्षण गर्दा मुट्ठी कस्ने नेपाल राष्ट्र बैंकका कारणले अहिले लुघवित्त संस्थामा सङ्कट देखिएको थापाको जिकिर छ । बैंक तथा वित्तीय संस्थाको नियामकका रुपमा रहेको नेपाल राष्ट्र बैंकले नियमन र सुपरीवेक्षणको कामलाई प्रभावकारी बनाउनपर्ने उनको भनाइ छ । साँच्चिकै सङ्कटमा परेका ऋणी पहिचान गरी राहतका लागि सामाजिक उत्तरदायित्व कोष (सीएसआर फण्ड) वा ग्राहक सुरक्षा कोष (क्लाइन्ट प्रोटेक्सन फन्ड) परिचालन गर्नुपर्ने पनि थापाले बताए । अहिले देखिएका समस्याबारे नियामक निकाय गम्भीर भएर लाग्नुपर्ने पनि उनको जोड छ । “बदनियत राखेर काम गर्ने लघुवित्त संस्थालाई कारबाहीको दायरामा ल्याउने, एउटा ऋणीले एउटा मात्रै संस्थाबाट ऋण लिन पाउने प्रावधान थपेर राष्ट्र बैंकको निर्देशिकाको प्रभावकारी कार्यान्वयन गर्ने, सुपरीवेक्षणलाई तल्लो तहसम्म लिएर जाने र वित्तीय साक्षरता कार्यक्रमलाई स्थानीय तहसँगसम्म लिएर जाने काम राष्ट्र बैंकले गर्नुपर्छ”, उनले भने । आजको बैठकको विशेष समयमा बोल्दै सांसद सरस्वती बजिमयले गरिबी निवारण र सामाजिक पूँजी परिचालनमा विशेष योगदानका लागि लघुवित्त संस्थाले भूमिका खेल्नुपर्नेमा त्यसो हुन नसकेको बताइन् । “जनतालाई गाउँ तहसम्म आफ्नो खुट्टामा आफैँ उभिने बनाउने उद्देश्यका लागि लघुवित्त स्थापना गरिएका थिए । तर अहिले लघुवित्तका कारण धेरै जनता मारमा परेका छन् । धेरै महिला लघुवित्तका कारण घरबारविहीन हुनुपर्ने अवस्था आएको छ”, उनले भनिन् । लघुवित्तका कर्मचारीले घर–घरमा गई लोभ देखाएर मानिसलाई त्यसमा आबद्ध गराएको र चर्को ब्याज तथा सेवा शुल्कमा ऋण लिन बाध्य पारेको विषय सांसद बजिमयले उठाएकी हुन् । यस्तो समस्या बढ्दै गएर झन् विकराल अवस्था आउने भन्दै यस्तो अवस्था आउन नदिन राष्ट्र बैंकले तत्काल कारबाही थाल्नुपर्ने पनि उनको धारणा छ । “लघुवित्त क्षेत्रलाई नेपाल राष्ट्र राष्ट्र बैंकले नियमन र नियन्त्रण गर्न आवश्यक छ । बेलैमा नियन्त्रण गरिएन भने यसले विकराल अवस्था सिर्जना गर्छ । ब्याजदर घटाउनतर्फ लागिएन भने समस्या झन बढ्दै जाने देखिएको छ”, उनले संसद्‍मा भनिन् । अर्का सांसद ढाकाकुमार श्रेष्ठले बैंक तथा वित्तीय संस्थाले ऋणीलाई ज्यादती गर्न थालेको धारणा राखे । “बैंकको ब्याजदरले ऋणीको घाँटी निमोट्दा उनीहरू सङ्कटमा छन् । यो दलदलबाट बाहिर निकाल्न सरकारले कुनै पहल गरेको देखिँदैन । बैंक तथा लघुवित्तको नागरिकमारा नीति आजकै मितिदेखि सुधार गरियोस् भन्नेबारे सदनको ध्यान आकर्षित गर्न चाहन्छु”, श्रेष्ठले भने । सांसद लालप्रसाद साँवा लिम्बूले पनि बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरबारे संसद्‍मा कुरा उठाएका छन् । बैंक तथा वित्तीय संस्थाले गरेको ब्याज वृद्धिका कारण उद्योगी व्यवसायी आन्दोलित हुनुपरेको उल्लेख गर्दै सांसद लिम्बूले यो समस्या समाधानका लागि सरकारले तत्काल कुनै कदम चाल्नुपर्ने बताए । लघुवित्त संस्थाले कर्जा असुलीमा ज्याजती गरेको भन्दै ऋणीहरु पछिल्लो केही समयदेखि आन्दोलित छन् । चर्को ब्याजदर, महँगो सेवाशुल्क, झन्झटिलो किस्ता भुक्तानी प्रक्रिया, कर्मचारीको दुर्व्यवहारलगायतका कारण देखाएर लघुवित्त कम्पनीविरुद्ध ऋणीहरू सङ्गठित भएर आन्दोलन गरिरहेका छन् । –रासस

ऋणपत्रको दोस्रो बजार समयमै विकास नगरे आर्थिक वृद्धिलाई असर

जनयुद्ध तथा दशकौंको राजनीतिक अस्थिरतापछि देशले दुईतिहाइको स्थायी सरकार प्राप्त गरेको छ । दशकौंदेखिका राजनीतिक मुद्दा स्थापित हुँदै नयाँ संविधानसमेत कार्यान्वयन भइसकेको अवस्थामा अब सरकारको चासो र क्रियाकलापहरू देशको समग्र आर्थिक उन्नति, गरिबी निवारण, बेरोजगारी दरमा कमी तथा साक्षरता दरमा वृद्धि गरी प्रतिव्यक्ति आय बढाउन तथा जनताको जीवनस्तरमा गुणात्मक सुधार गर्नतर्फ केन्द्रित हुनुपर्छ ।

बिमस्टेक सम्मेलनमा गरिबी निवारण मुख्य मुद्दा : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरूको प्रयास (बिमस्टेक) को चौथो सम्मेलनमा गरिबी निवारण र दिगो विकास मुख्य विषय भएको बताएका छन् ।