काठमाडौं । सरकारको ठेक्का तोड्ने चेतावनीपछि चिनियाँ निर्माण कम्पनीले नारायणगढ-बुटवल सडकखण्ड स्तरोन्नति गर्न सुरु गरेको छ । कम्पनीले गत सातादेखि सडक मर्मत गर्ने, कालोपत्रे गर्ने तथा पुल निर्माण गर्ने कार्यलाई तीव्रता दिएको हो । उक्त आयोजनाको ठेक्का पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पाेरेसनको लापरबाहीले निर्माण सम्पन्न गर्नुपर्ने अवधिमा समेत आयोजनाको भौतिक प्रगति १९ प्रतिशत मात्रै पुगेको छ । […]