नवलपरासी : पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्व नवलपुर खण्डमा जीर्ण बनेको राजमार्ग मर्मत गर्न थालिएकाे छ । राजमार्गमा परेका खाल्डाखुल्डीमा कालोपत्र गरेर मर्मत गर्न थालिएको हो । यसअघि राजमार्गमा परेका खाडलमा ग्राभेल गरेर पुर्ने गरिएकोमा अहिले कालोपत्र गरेर मर्मत थालिएको हो । नारायणगढ–बुटवल सडक खण्ड विस्तार सुरु भएयता झन्डै दुई वर्षदेखि राजमार्ग मर्मत गरिएको थिएन । निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनीले मर्मत नगर्ने र सडक विभागले ठेक्का लागि सकेको सडक भनेर बेवास्ता गर्दा राजमार्ग जीर्ण बनेको थियो ।&nb...