नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार सरकार गरिबी उत्पादनमा उद्यत रहेको आरोप लगाएका छन् । सुर्खेतमा आइतबार प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले वर्तमान सरकारले गरिबी नियन्त्रणमा कुनै काम गर्न नसकेको बताए ।एमालेले तीन वर्ष सरकार चलाउँदा निरपेक्ष गरिबीको रेखामुनि रहेको २९ प्रतिशत जनसङ्ख्यालाई झारेर १७ प्रतिशतमा ल्याएको उनको दाबी थियो । ‘त्यही रूपमा काम गर्न दिएको भए गरिबीमा कमी आउँथ्यो,’ उनले भने, ‘त्यो कामलाई रोकियो । एमालेको नेतृत्वमा राष्ट्र निर