विराटनगर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले न्यायालय र संसद्मा ‘तमासा भइरहेको’ टिप्पणी गरेका छन् ।
अदालत लोकतन्त्रको स्तम्भ भएको भन्दै उनले निष्पक्ष, स्वतन्त्र र शक्ति पृथकीकरणको सिद्धान्तबमोजिमको न्यायालय हुनुपर्नेमा जोड दिए ।
मंगलबार विराटनगरमा प्रेस चौतारी मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “यस प्रकरणका क्रियाकलापहरू सम्मानित सर्वोच्च अदालतजस्ता...