२७ असार, मकवानपुर । पचपन्न वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका-९ लाम्सुरेडाँडा बस्ने २४ वर्षीय भरत थापा मगर रहेका छन् । उनीमाथि ती महिलालाई जबरजस्ती करणी गरेको प्रहरीको दाबी छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।