बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरको आरोपमा एकजना पक्राउ परेका छन् । काभ्रेपलाञ्चोक सुस्त मनस्थिति भएकी बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको आरोपमा काठमाडौंमा बस्दै आएका ३३ वर्षीय मंगले तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।जिल्ला प्रहर कार्यालय काभ्रेपलाञ्चोकका प्रवक्ता हरि खतिवडाका अनुसार तामाङलाई मंगलबार इलामबाट पक्राउ गरिएको हो । प्रवक्ता खतिवडाका अनुसार तामाङले आफै गायक तथा वैध हुँ भन्दै बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको पाइएको छ ।