सत्ताको लड्डु

‘आगराको लड्डु, खाए पनि पछुताउने, नखाए पनि पछुताउने’ भन्छन् । तर, सत्ताको लड्डु खान पाउनुभयो भने कहिल्यै पछुताउनुपर्दैन । खान नपाए चाहिँ पछुताउने मात्र होइन, अरूलाई पछार्नेसम्मका काम गर्न पछि हट्दैनन् हाम्रा सांसद र अरू नेताहरू । त्यही भएर त प्रधानमन्त्रीले सबैलाई लड्डु चखाउन मन्त्रिपरिषद्मा फेरबदल गरिरहन्छन् । तर हाम्रा कतिपय मन्त्री कति उदार छन् भने नयाँलाई सत्ताको स्वाद चखाउन प्रधानमन्त्रीको खल्तीमै राजीनामा राखिदिन्छन् । स्वाट्ट एउटालाई हटायो, अर्कालाई ल्यायो, सांसद नभए निर्वाचन क्षेत्र खाली गराएर उपनिर्वाचन गराएर भए पनि मन्त्री पदको कोसेली टक्र्यायो । यस्तो महान् तथा उदार प्रधानमन्त्री र सांसद कतै देख्नुभएको छ ? स्थिरताको नारा दिएर प्रधानमन्त्री बनेकाले होला प्रधानमन्त्रीले बेलाबेलामा नयाँ नयाँ मन्त्रीलाई सरकारमा ल्याएर सरकारलाई स्थिरता दिने प्रयास गरिरहन्छन् । सांसदको मन अस्थिर हुन्छ । तिनलाई मन्छाउन वा पन्छाउन मन्त्री बनाउनैपर्छ । तिनको मन स्थिर पारेपछि पो सरकार पनि स्थिर हुन्छ । त्यही भर त प्रम भएभरको बल बुद्धि लगाएर सरकारलाई स्थिरता दिने धुनमा लागेका देखिन्छन् । तर मन्त्रीहरू चाहिँ केकेमा लागेका छन् अलि बुझ्न गाह्रो भएको छ । अरू मन्त्री पनि पक्कै केही न केही काम लाग्ने कुरामै लागेका होलान् । बैंकको लकरमा बन्दुक राख्नेलाई शान्ति धाममा पठाउन सक्ने सामथ्र्य पनि मन्त्रीसँग छ । तर बहालवाला र त्यो पनि सत्तारूढ दलका कतिपय सांसदहरू भने वर्तमान मन्त्रीहरूलाई नै भ्रष्टाचारमा डुबेको भनेर आरोप लगाइरहेका छन् । प्रतिपक्षका सांसदहरूले त भ्रष्टाचार भइरहेको छ भन्ने नै भए । हुन पनि देशका प्राय: मन्त्री बनेकाहरूको विगतको गतिविधि र अहिलेको सम्पत्ति हेर्दा त्यस्तै देखिन्छ पनि । त्यसैले मान्छेहरू नेता, मन्त्रीहरूलाई भ्रष्ट, चोर, लुच्चा, लफंगा, डाँका, बदमास आदि के के भन्छन् भन्छन् । तर नेता, मन्त्रीहरूलाई त्यत्रो विशेषण लाउनै पर्दैन नि । केवल नेता भने त पुगिहाल्छ नि । जे होस्, कोही पनि मन्त्री बनेको खबर सुन्नासाथ मन्त्री बन्ने मान्छेको अनुहार तथा हाउभाउ प्रफुल्ल र दिव्य देखिन्छ नै, साथै मन्त्रीका परिवार, आफन्त र वरिपरिकाहरूको अनुहारमा समेत एक विशेष प्रकारको चमक–धमक स्पष्ट देख्न सकिन्छ । अझ मन्त्री बनाउने दलका शीर्ष नेता तथा कार्यकर्ताको अनुहार त धपक्क बलिरहेकै हुन्छ । शायद कुनै ठूलै उपलब्धि हात पार्ने आशले होला । मन्त्री बनेपछि प्राय: मन्त्रीका आँखामा सत्ताको लड्डु खाने सपना तैरिइरहेको देख्न सकिन्छ । आहा ! सत्ताको रसिलो लड्डु मनमा आउनासाथ मन्त्रीजीका अनुहारमा आनन्द प्रकट हुन थालिहाल्छ । जस्तो, मरन्च्यासे भए पनि बालुवाटार छिरेपछि त्यहाँको सत्ताको रापतापले रातापिरा भइहाल्छन् । हेर्नोस्, त भूपू प्रमहरूलाई ! कुर्सीमा बस्नासाथ प्राय: मन्त्रीको मनोदशा यस्तो देखिन्छ कि मन्त्रीका शरीरका प्रत्येक अंग वास्तवमा केवल जिब्रा हुन्, जो सत्ताको लड्डुको स्वाद चाख्न लालायित भएर तड्पिइरहेका छन् । किनकि मातहतका विभाग, कार्यालयमा दिनदहाडै हुने भ्रष्टाचारको लड्डु खानुको मजै बेग्लै हुन्छ । म सोच्थेँ, कि एउटा सिंगो दलबाट जाबो एकजना मन्त्री बन्दा पार्टीभित्र यति धेरै उत्साह आउनुमा के कारण हुन सक्ला । तर एउटै हनुमान् लंका जलाउन काफी हुन्छ भनेझैं एउटै मन्त्रीले पनि उसको दलको र दलको नेताको श्रीवृद्धिमा भयंकर भूमिका खेल्न सक्छन् भन्ने कुरा बल्ल पो बुझ्दै छु । अमृतभन्दा मिठो, चन्द्रमा भन्दा शितल सत्ता लड्डु भक्षणको सुगन्धित महकयुक्त वासनाले मात्र पनि मन्त्री महोदयको हृदयका समस्त दु:खहरू हरण गर्न सक्छ । त्यसैले मन्त्रीजी कुर्सीबाट उठ्नेसम्म सोच्दैनन् । आफ्नै कुर्सीमा बसी बसी आफूलाई भेट्न आउने प्रत्येक दलाल महोदयलाई सोध्छन् – ‘अनि नयाँ खबर के छ सुनाउनुस्, मेरो परम प्रिय लड्डु कहिले आइपुग्छ रहस्य खुलाउनुुस् ।’ आश्चर्य त यो लाग्छ कि यति शुभ समाचार सुनाउने दलाल महोदयसँग एकअर्कासँग कुनै अभिवादन आदान प्रदान गर्नेसम्म होश हुँदैन । शायद मीठो मिठाईको कल्पनामा मन्त्रीजीका सम्पूर्ण इन्द्रियहरूले होश गुमाइसकेका हुन्छन् । न त उनको नेत्रले काम गर्छ, न नाक र कानले । उनका आँखाबाट हर्षका आँशु बगिरहेका हुन्छन् र उनका शरीरका प्रत्येक छिद्र छिद्रहरू मिठो लड्डुको स्वाद लिनका लागि लालायित बनेका देखिन्छन् । भ्रष्टाचारको यो पावन महाकल्पमा कमिशन शब्द सुन्नासाथ संगीतको नाद सुनेसरी मन्त्रीजी एकाएक आनन्दित हुन्छन् । मंगलमय, रसमय, समस्त सन्ताप हरण गर्ने कमिशन नामक लड्डु । कुर्सीमा बस्नासाथ प्राय: मन्त्रीको मनोदशा यस्तो देखिन्छ कि मन्त्रीका शरीरका प्रत्येक अंग वास्तवमा केवल जिब्रा हुन्, जो सत्ताको लड्डुको स्वाद चाख्न लालायित भएर तड्पिइरहेका छन् । किनकि मातहतका विभाग, कार्यालयमा दिनदहाडै हुने भ्रष्टाचारको लड्डु खानुको मजै बेग्लै हुन्छ । सपनामा मन्त्रीजी रसगुल्ला, दूध–मलाई, छप्पन्न भोग अर्थात् लड्डु खाएको देख्छन् । विपनामा त्यही नपाउँदा पीडा हुन्छ उनलाई । अर्ध–मूच्र्छित हुन्छन् उनी । मन्त्रीजीको यस्तो अवस्था देख्न सक्दैनन् दलाल महोदय । त्यसैले दलाल देउता मन्त्रीजीलाई लड्डु व्यवस्था गर्नतिर दौडधुप गरिरहन्छन् । हो सांसद, मन्त्रीजी सत्ताको लड्डु खान आतुर छन्, आकुल व्याकुल छन् । वर्षौंदेखि खाँदै आइरहेका पनि छन् । यसरी नै खाइनै रहेछन् त्यो पवित्र लड्डु । खान नपाए अनेक वितण्डा मच्चाउन थाल्छन् । संसद् नै ठप्प पार्न सक्छन् । कुनै अनर्थ हुन नदिने हो भने हामी सबैले मिलेर हाम्रा सांसद र मन्त्रीजीलाई निरन्तर कुनै लड्डुको व्यवस्था गरिरहनुपर्छ । तपाईं पनि हाम्रा मन्त्रीजीलाई कुनै लड्डु व्यवस्था गर्न सक्नुहुन्छ कि ?

सम्बन्धित सामग्री

जनकपुरमा लड्डु बनाउन भ्याई-नभ्याई

काठमाडौं । जनकपुरधाममा दशैंको महाअस्ष्टमीका दिन मात्र २ करोड रुपैयाँ भन्दा बढीको लड्डु बिक्री भएको छ । विभिन्न शक्तिपीठमा प्रसाद चढाउनका लागि २ करोड रुपैयाँ बढीको लड्डु बिक्री भएको भएको हो । एकै दिनमा यहाँ करिब ३५ हजार किलो लड्डु बिक्री हुँदा २ करोडको आर्थिक कारोबार भएको जनकपुर उद्योग वाणिज्य संघले जनाएकाे छ । जनकपुरधामका […]

जनकपुरधाममा महाअष्टमीमा दुई करोडको लड्डु बिक्री

मधेस प्रदेशको राजधानी जनकपुरधाम दसैँको महाअस्ष्टमीका दिन विभिन्न शक्तिपीठमा प्रसाद चढाउनका लागि करिब रु दुई करोडको लड्डु बिक्री भएको छ । जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठले आज जनकपुरधाममा करिब ३५ हजार किलो लड्डु बिक्री भई रु दुई करोडको आर्थिक कारोबार भएको हुनसक्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बजारमा फरक–फरक प्रकारका लड्डुको बिक्री भएको […]

जनकपुरधाममा महाअस्ष्टमीका दिन दुई करोडको लड्डु बिक्री

जनकपुरधाम मुख्य बजार क्षेत्रमा रहेको दुई सयभन्दा बढी मिठाई पसलबाट मिठाई बिक्री भएको हो। हंसराज मिठाई पसलका सञ्चालक हंसराजले महाअष्टमीका दिन माता राजदेवीलाई प्रसाद चढाउनका लागि अधिकांशले लड्डु खरिद गरेको बताए।...

जनकपुरधाममा महाअष्टमीमा दुई करोडको लड्डु बिक्री

धनुषा- मधेस प्रदेशको राजधानी जनकपुरधाम दसैँको महाअस्ष्टमीका दिन विभिन्न शक्तिपीठमा प्रसाद चढाउनका लागि करिब रु दुई करोडको लड्डु बिक्री भएको छ । जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठले आज जनकपुरधाममा करिब ३५ हजार किलो लड्डु बिक्री भई रु दुई करोडको आर्थिक कारोबार भएको हुनसक्ने जानकारी दिए। उनले भने, ‘बजारमा फरक–फरक प्रकारका लड्डुको बिक्री भएको […]

जनकपुरधाममा महाअष्टमीमा दुई करोडको लड्डु बिक्री

मधेस प्रदेशको राजधानी जनकपुरधाम दसैँको महाअस्ष्टमीका दिन विभिन्न शक्तिपीठमा प्रसाद चढाउनका लागि करिब रु दुई करोडको लड्डु बिक्री भएको छ । जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठले आज जनकपुरधाममा करिब ३५ हजार किलो लड्डु बिक्री भई रु दुई करोडको आर्थिक कारोबार भएको हुनसक्ने जानकारी दिए।उनले भने “बजारमा फरक–फरक प्रकारका लड्डुको बिक्री भएको छ । त्यसमा रिफाइन घ्यूवाला लड्डु, शुद्ध घ्यूवाला लड्डु, मोतीचूरको लड्डु, महीनदाना लड्डु, गोंद लड्डु, मेवा लड्डु लगायत बिक्री

जनकपुरधाममा महाअष्टमीमा दुई करोडको लड्डु बिक्री

धनुषा – मधेस प्रदेशको राजधानी जनकपुरधाममा दशैँको महाअष्टमीका दिन विभिन्न शक्तिपीठमा प्रसाद चढाउनका लागि करिब दुई करोड रुपैयाँको लड्डु बिक्री भएको छ । जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठले आज जनकपुरधाममा करिब ३५ हजार किलो लड्डु बिक्री भइ दुई करोड रुपैयाँको आर्थिक कारोबार भएको हुनसक्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘बजारमा फरक–फरक प्रकारका लड्डुको बिक्री भएको छ । त्यसमा रिफाइन घ्यूवाला लड्डु, शुद्ध घ्यूवाला लड्डु, मोतीचूरको लड्डु, महीनदाना लड्डु, गोंद लड्डु, मेवा लड्डु लगायत ब...

हैदराबाद : गणेशलाई चढाइएकाे २१ केजी लड्डु २४.६० लाख भारुमा बिक्री

भारतकाे हैदराबादमा बालापुर गणेशलाई चढाइएकाे २१ किलाेग्राम लड्डु शुक्रवार २४.६० लाख भारु (झन्डै ४० लाख रुपैयाँ) मा बिक्री भएकाे भारतीय सञ्चारमाध्यम एनडीटीभीले जनाएकाे छ ।  गणेश चतुर्थीका अवसरमा गणेशकाे प्रतिमामा चढाइएकाे लड्डु लिलामीमा यति महँगाे मूल्यमा बिक्री भएकाे हाे । स्थानीय व्यापारी वी लक्ष्मा रेड्डीले गणेशलाई चढाइएकाे लड्डु किनेका खबरमा उल्लेख छ । गएकाे वर्ष लड्डु १८.९० लाख भारुमा बिक्री भएकाे थियाे । गणेशलाई चढाएकाे लड्डु किन्दा साैभाग्य हुने, राम्राे स्वास्थ्य, सम्पत्ति र खुसी प्राप्त हुने स्थानीयवासीकाे...

प्रचण्डले सम्झिए माधव नेपालसँग लड्डु खाएको कुरा, यस्ताे भने

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव नेपालसँग लड्डु खाएको कुरा आज स्मरण गरेका छन् ।

लड्डु खाएपछि माधव र प्रचण्डको नयाँ गीत - के सोचेँ मैले के भयो अहिले !

नजिकै उभिएका माधव नेपाललाई सकीनसकी उचालेर प्रचण्डले एक फन्को घुमाएपछि भने ‘हाहा, हुर्रे, खुच्चिङ, देखिस्, आहा, लौजा.....बल्ल भनेजस्तो भयो !‘ए ए...के गरेको काम्रेड ? पख्नुस् पख्नुस् । ल तपाईंलाई पनि बधाई छ, मुख मिठा गरौं’ प्रचण्डको घुमाइको ताल नमिलेर झण्डै पछारिएका नेपालले जसोतसो खुट्टा टेकेर कोट मिलाए, अनि हतार हतार प्रचण्डको मुखमा लड्डु हालेर भने ‘हामी दुवैलाई बधाई छ ।‘‘ल तपाईंलाई पनि अर्को लड्डु’ नजिकै रहेका कार्यकर्ताको हातबाट लड्डु मागेर प्रचण्डले माधव नेपाललाई अर्को लड्डु पन...

प्रचण्ड र नेपालले एकअर्कालाई खुवाए लड्डु

काठमाडौँ / सर्वोच्च अदालतको आदेशबारे सूचना पाएलगत्तै नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल ले एकअर्कालाई लड्डु खुवाएका छन् । ‌सर्वोच्चले मगलबार संसद पुनर्स्थापना गर्ने आदेश सुनाएकाे हाे । साथै १३ दिनभित्र संसद अधिवेशन बोलाउन भनेको छ । The post प्रचण्ड र नेपालले एकअर्कालाई खुवाए लड्डु appeared first on Purbeli News.