धनुषा – मधेस प्रदेशको राजधानी जनकपुरधाममा दशैँको महाअष्टमीका दिन विभिन्न शक्तिपीठमा प्रसाद चढाउनका लागि करिब दुई करोड रुपैयाँको लड्डु बिक्री भएको छ ।
जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठले आज जनकपुरधाममा करिब ३५ हजार किलो लड्डु बिक्री भइ दुई करोड रुपैयाँको आर्थिक कारोबार भएको हुनसक्ने जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘बजारमा फरक–फरक प्रकारका लड्डुको बिक्री भएको छ । त्यसमा रिफाइन घ्यूवाला लड्डु, शुद्ध घ्यूवाला लड्डु, मोतीचूरको लड्डु, महीनदाना लड्डु, गोंद लड्डु, मेवा लड्डु लगायत ब...