गायक शिव परियारले जातिय गीतहरूमा सम्बन्धित जातिका कलाकारलाई खोजेर गायनका लागि प्रस्ताव गर्नु पनि जातिय विभेदको नमुना भएको बताएका छन् । बुधबार सामाजिक सञ्जालमा लेख्दै गायक परियारले दुई शब्द जातिय सम्बन्धि गित लेखेर सम्बन्धित जातका कलाकार खोजेर गायनका लागि प्रस्ताव गर्नु र उनीहरुलाई मात्र संलग्न गराउन खोज्नु जातिय विभेदको नमुना भएको बताए ।'जातिय विभेद उन्मुलन तथा जातिय समताका लागि दुई शब्द कोरिने वित्तिकै त्यसलाई स्वरांकन गर्नका लागि परियार, नेपाली, विश्वकर्मा नै थर भएका गायक गायिका मात्र खोजी