गायक प्रकाश सपुतले आफ्नो नयाँ गीत पीरको भिडियो सच्याएका छन् । विवादमा आएपछि उनले भिडियो सम्पादन गरी पुनः ल्याएका हुन् । माओवादी जनमुक्ति सेना देहव्यापारमा लागेको दृश्यबारे सम्बन्धित पक्षले आपत्ति र विरोध जनाएका थिए । गीतले एक सातामै करोड भ्यूज कटाएपछि सपुतले अहिले गीतको भिडियो सम्पादन गरेर अपलोड गरेका छन् ।नेपाली सांगीतिक क्षेत्रमा यसरी गीत विवादपछि सच्चिएर ल्याइएको या पहिलो भने होइन । यस अगाडि पनि गायक पशुपति शर्माको गीत ‘लुट्न सके लुट कान्छा’, प्रकाश सपुतकै ‘गलबन्दी च्यातियो