ट्रंक विद्युत् प्रसारण लाइनको विषयलाई लिएर नेपाल विद्युत् प्राधिकरण र स्थानीय उद्योगीबीच उत्पन्न विवाद अन्तत: अदालतमा पुगेको छ । नेपाल विद्युत् प्राधिकरण केन्द्रीय कार्यालयसहित प्राधिकरणको रूपन्देहीमा रहेका अन्य तीनवटा वितरण केन्द्रविरुद्ध भैरहवा–बुटवल औद्योगिक करिडोरका १८ उद्योगले आइतबार रूपन्देही अदालतमा मुद्दा दायर गरेका हुन् ।