चालू आर्थिक वर्ष २०७९-८० को पहिलो तीन महिनामा विभिन्न देशबाट नेपालमा पौने चार अर्ब रूपैयाँको फलफूल भित्रिएको पाइएको छ । २०७९ सालको साउन, भदौ र असोज महिनामा उक्त मूल्य बराबरको फलफूल नेपालमा भित्रिएको हो । भन्सार विभागका अनुसार बितेको तीन महिनामा कुल ३ अर्ब ७९ करोड ८६ लाख ५३ हजार रूपैयाँको फलफूल नेपालले आयात गरेको छ । उक्त समयमा नेपालले १६ करोड २३ लाख ५९ हजार रूपैयाँको १ करोड १३ लाख ७ हजार ४४६ केजी केरा आयात गरेको छ । सोही समयमा ७ करोड ९३ लाख ३ हजार रूपैयाँको भुइँकटहर नेपाल भित्रि