काठमाडौं, जेठ १९ । चिनियाँ सरकारले अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको १० लाख भेरोसेलको खोपमध्ये ९ लाख ८ सय खोप र त्यति नै संख्यामा खोप लगाउने सिरिञ्ज मंगलबार नेपाल भित्रिएको छ । १० लाख मात्रा खोपमध्ये ८ लाख चीन सरकारले उपलब्ध गराएको हो भने बाँकी २ लाख मात्रा चीन स्वशासित तिब्बतले उपलब्ध गराएको हो । […]