प्रहरीले प्रतिबन्धित भारतीय नोटसहित एक भारतीय नागरिकलाई वीरगन्जबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार पूर्वी चम्पारण जिल्ला मोतिहारी घोडासहन बस्ने २९ वर्षीय अनिल कुमार छन् । उनलाई प्रहरी चौकी ईनर्वाबाट खटिएको चेकिङ टोलीले वीरगन्ज महानगरपालिका– १६ रजतजयन्ती चोकबाट सोमबार पक्राउ गरेको हो ।