मोबाइल फोनले हाम्रो जीवनमा थुप्रै परिवर्तन ल्याइदिएको छ तर यो कतिपय अवस्थामा निकै खतरनाक पनि हुनसक्छन् । हालै, भारतको उत्तर प्रदेशको बरेलीमा फोन पड्किँदा ८ महिनाकी बालिकाको मृत्यु भएको खबर प्राप्त भएको छ । पीडित परिवारका अनुसार फोन सोलार प्यानलमार्फत् चार्ज गरिँदै थियो ।अत्यधिक तातेका कारण फोनमा आगलागी भयो र यसको चपेटामा आउँदा बालिका जलिन् । यो पहिलो घटना भने होइन । मोबाइल पड्किएर मृत्यु भएको यो पहिलो घटना भने होइन । यस्ता थुप्रै स्थिति छन्, जतिबेला स्मार्टफोन प्रयोग गर्नु निकै खतरनाक हुनसक्छ ।