कर्णाली प्रतिष्ठानकै कर्मचारीबाट कुटिए डाक्टर

कर्मचारी शाहीलाई डाक्टरकाे कुरा चित्त नबुझेपछि विवाद बढ्न थाल्याे। डा. शाहले तत्काल टाँका काट्न नसकिने बताइरहेका बेला कर्मचारी शाही आक्रमणमै उत्रिए। काममा खटिएका डाक्टरलाई हात हाले। उनले हात मात्रै हालेनन् डाक्टरलाई लात्ती–लात्तीले कुटे।...

सम्बन्धित सामग्री

फेरि कुटिए डाक्टर

सरकार र स्वास्थ्यकर्मीबीच सहमति भएको २४ घण्टा बित्न नपाउँदै सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) का इन्टर्न चिकित्सकमाथि आइतबार कुटपिट भएको छ ।

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर आजमा पशुपतिनाथमा सुनको जलहरी प्रकरण : अख्तियारद्वारा तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर, संसदमा विद्यालय शिक्षा विधेयक पेश, केएमसी अस्पतालका डाक्टर कुटिए, दुई जना पक्राउ, डाक्टरहरु आन्दोलित, सुन तस्करी अध्ययन र छानबिन गर्न ३ सदस्यीय आयोग गठन गर्ने सहमति, दोलखामा थप ४ किलो सुन फेला, १९औँ एसियाली खेलकुद : नेपाल पुरुष क्रिकेटको क्वाटरफाइनलमा पुग्दा अभिनाश […]

किन हुन्छ डाक्टरमाथि कुटपिट ?

सरकारले डाक्टर र समग्र अस्पतालका कर्मचारीको मानवीय अवस्थालाई पनि ख्याल गरेर नीति र परिस्थिति निर्माण नगरे स्वास्थ्य क्षेत्रमा अझ भयावह स्थितिको सामना गर्नुपर्ने हुनसक्छ ।

गोरखा अस्पतालमा ड्यूटीमा रहेका डाक्टर कुटिए

आईतवार दिउँसो करिब साँढे चारबजेतिर अस्पतालमा थाईराईड उपचार गराउन आएका बिरामीको आफन्तले डाक्टरलाई कुटपिट गरेको अस्पतालले जनाएको छ।...

जसले कुटाई खाए तिनै डाक्टरविरुद्ध पक्राउ पुर्जी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (कास)मा कार्यरत डाक्टर करण शाह भदौ २ मा कुटिए । प्रतिष्ठानकै कर्मचारी धनबहादुर शाहीले उनीमाथि कुटपिट गरेका हुन् । जसले कुटाई खाए तिनै चिकित्सक विरुद्ध प्रहरीको अनुरोधमा जिल्ला अदालतले पक्राउ अनुमति दिएको छ ।डा. शाह विरुद्ध बाल हिंसा गरेको आरोपमा पक्राउ पुर्जी जारी भएको जुम्लाका डिएसपी नरेन्द्र चन्दले रातोपाटीलाई बताए । शाह विरुद्ध पक्राउ अनुमति जारी भएपछि कासमा कार्यरत चिकित्सक सहित ६० जना कर्मचारीले सामूहिक राजीनामा बुझाएका छन् । चिकित्सक आक्रमण गर्नेलाई कार

जुम्लामा कर्मचारीबाटै कुटिए डाक्टर

सुर्खेत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पताल जुम्लाका एक जना चिकित्सकमाथि कुटपिट भएको छ । अस्पतालको आकस्मिक विभागमा कार्यरत डा। करण साहलाई प्रतिष्ठानकै प्रशासनतर्फका कर्मचारी धनबहादुर शाहीले कुटपिट गरेका हुन् । प्रतिष्ठानकै कर्मचारी शाही छोराको टाँका काट्न भन्दै इमरजेन्सी विभागमा पुगेको र तत्कालका लागि बिरामी हेर्न व्यस्त रहेको जनाउँदै डा. साहले बिहान ११ बजेका […]

प्रहरीबाटै कुटिए डाक्टर

काठमाडौं : प्रहरीबाटै डाक्टर कुटिएका छन्। पैदल हिँड्ने क्रममा एक प्रहरी जवानले डा. कुलबहादुर घिसिङमाथि कुटपिट भएको भन्दै उनका आफन्तले कारबाहीको माग गर्दै जिल्ला प्रहरी परिसर ललितपुरमा निवेदन दिएका छन्।आइतबार ड्यूटी सकेर ललितपुर एकान्तकुना यातायातको बाटोमा हिँडिरहेको क्रममा एक प्रहरी जवानले डा. घिसिङमाथि कुटपिट भएको भन्दै उनका दाइले निवेदन दिएका हुन्।निवेदनमा भनिएको छ, ‘१२ असार राति ८:४५ बजे ड्युटी सकेर घर फर्कने क्रममा फुटपाथको बाटोमा हिँडिरहेका वेला मापसेको चेक गर्ने एक जवा

मर्न तयार डाक्टर कुटिए के भो त ?

लक्ष्मण अधिकारी अस्पतालमा बिरामी सिकिस्त छ, आफन्तहरु हेर्नसम्म आउँदैनन् । मृत्यु भइहाले बेडबाट निकालेर शवबाहनमा राख्ने आफन्त हुँदैन । घाटमा बल्ल–बल्ल नाम मात्रका मलामी देखापर्छन्, जो क्षणिक औपचारिकता पूरा गरेर अलप हुन्छन् । कतिपय मृत्यु संस्कारमा गुठीका एकजना सदस्य पनि नपुगेको गुनासो छ । अन्तिम संस्कारका कार्यहरुमा समेत आफन्त, इष्टमित्रहरुको नाम मात्रको उपस्थिति हुन्छ । […]

टिचिङ अस्पतालमा वृद्धको मृत्यु हुँदा कुटिए डाक्टर

काठमाडौंको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको कोभिड आइसीयूमा बुटवलका ६२ बर्षीय वृद्धको मृत्यु हुँदा आफन्तले डाक्टरमाथि आक्रमण गरेका छन् ।  आज (मंगलवार) दिउँसो टिचिङ अस्पतालको कोभिड आइसीयूमा कार्यरत डा. सविन भण्डारी माथि मृतकका छोराले आक्रमण गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले लोकान्तरलाई जानकारी दिए ।  ‘६२ वर्षीय वृद्धको उपचारको क्रममा मृत्यु भएपछि आफन्तले आक्रमण गरेका थिए,’ एसएसपी सिंहले लोकान्तरसँग भने,‘अहिले मृतकका छोरा कृष्णप्रसाद गौतमलाई नियन्...

मनमाेहन अस्पतालमै दुई समूहबीच ग्याङ फाइट, डाक्टर र नर्स कुटिए

काठमाडौं : बिहीबार राति स्वयंम्भूस्थित मनमोहन मेमोरियल कलेज तथा शिक्षण अस्पतालको आकस्मिक कक्ष तोडफोड भएको छ। आकस्मिक कक्षमा उपचार गर्दै गरेका डाक्टर नर्स तथा सेक्‍युरिटी गार्ड कुटिएका छन्। तोडफोड र कुटपिटपछि अहिले अस्पतालको आकस्मिक सेवा बन्द गरिएको छ। बिहीबार अपरान्ह रानीवन र ढुंगेधाराका युवाबीच भलिबल खेल्ने क्रममा ग्याङ...