नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । बिहीबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले अध्यक्ष अधिकारीलाई निलम्बन नगर्न अन्तरिम आदेश दिएको हो । सर्वोच्चले नेपाल वायुसेवा निगम ऐन, २०१९ मा निगमको कार्यकारी अध्यक्षलाई निलम्बन गर्ने व्यवस्था नभएको भन्दै निलम्बन नगर्न आदेश दिएको हो । यस्तै अध्यक्षमाथि छानबिन गर्नुपरे पनि निलम्बन गर्नु नपर्ने भन्दै सर्वोच्चले निर्णय कार्यन्वयन नगर्न आदेश दिएको छ । सरकारले ११ कात्तिक २०७