जोखिमयुक्त फोहोर निर्मलीकरणको एकीकृत प्रणालीका विकासमा काठमाडौँ महानगर र मनमोहन मेडिकल कलेजबिच सहकार्य हुने

बैठकमा अस्पतालका अध्यक्ष डा. वंशीधर मिश्रले, अस्पताल परिसर स्वयम्भूमा आन्तरिक प्रयोजनका लागि प्रशोधन प्लान्ट स्थापना गर्न लागिएको बताउँदै, प्राविधिक रुपमा उपयुक्त भए यही ठाउँमा, नभए अस्पतालको नाममा रहेको अन्य जमिनमा भए पनि सहकार्यबाट एकीकृत केन्द्र बनाउन तयार रहेको बताए।