काठमाण्डाै - नुवाकोटको ककनी गाउँपालिकाबाट विद्युत् प्रसारण लाइनको टावर हुँदै तारमा पुगेका व्यक्तिको उद्धार गर्न नेपाली सेनाको हेलिकप्टर नुवाकोट पुगेको छ ।
सेनाका तालिमप्राप्त कर्मचारीले ती व्यक्ति पुगेको लिखु गाउँपालिकाको टावरमा पुगेर उद्धारकाे प्रयास गरेका छन्, तर उनी झन् झन् भाग्दा समस्या भएको छ । ‘केही समय पहिलेसम्म उनी टावरमा बसेका थिए, सेनालाई देखेपछि तार नै तार झन् भागिरहेका छन्, उद्धारमा निकै समस्या हुने देखियो’ ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले भन्नुभयो ।&nbs...