विवादित अध्यादेश शीतलनिवास पुग्यो, राष्ट्रपति अध्ययनमा

काठमाडौं : सरकारले ल्याउन लागेको फौजदारी कानुन संशोधन गर्ने विवादित अध्यादेश राष्ट्रपति कार्यालय पुगेको छ। आइतबार बसेको मन्त्रिपरिषद बैठकले फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश, २०७९ जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। ‘अध्यादेश भर्खर आइपुगेको छ’, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले थाहाखबरसँग भने, ‘राष्ट्रपतिज्यू अध्ययनमा हुनुहुन्छ।’यसअघि नागरिकतासम्बन्धी विवादित विधेयक प्रमाणीकरण नगरेकी राष्ट्रपति भण्डारीले

सम्बन्धित सामग्री

अध्यादेश जारी गर्ने निर्णयलगत्तै शीतलनिवास पुगे प्रधानमन्त्री देउवा

काठमाडौं । राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गर्ने निर्णयलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति भेट्न शीतल निवास पुगेका छन् । उनी केहीबेरअघि त्यहाँ पुगेको स्रोतले जानकारी दिएको छ । यसअघि बसेको मन्त्रिपरिषद् बैठकले २० प्रतिशत सदस्यले पार्टी विभाजन गर्न सक्ने व्यवस्थासहितको निर्णय गर्दै अध्यादेश सिफारिस गरेको थियो ।

मन्त्रिपरिषद्लगत्तै प्रधानमन्त्री देउवा शीतल निवासमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति कार्यालय पुगेका छन् । मन्त्रिपरिषद् बैठक सकिएलगत्तै प्रधानमन्त्री देउवा राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका हुन् । बालुवाटारनिकट स्रोतका अनुसार अध्यादेश प्रमाणीकरणलगायत विषयमा परामर्शसमेत गर्नेगरी देउवा आफैं शीतल निवास गएका हुन् । मन्त्रिपरिषद् बैठकले राजनीतिक दल समबन्धी ऐन संशोधन अध्यादेश जारी गरेको थियो ।

अध्यादेश स्वीकृत गर्न सुझाव

संघीय समाजवादी फोरम नेपालका शीर्ष नेताहरुले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश तत्काल स्वीकृत गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सुझाव दिएका छन् । राष्ट्रपति भण्डारीलाई भेट्न आइतबार शीतलनिवास पुगेका फोरम नेताहरुले अध्यादेश स्वीकृत नहुँदा नयाँ सरकार गठनमा विलम्ब हुने धारणा राखेका हुन् ।

असंवैधानिक अध्यादेश राष्ट्रपतिले जारी गर्नै मिल्दैनः ओली :: Pahilopost.com

काठमाडौं :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देउवा सरकारले राष्ट्रपति समक्ष पेश गरेको अध्यादेश असंवैधानिक रहेको बताएका छन्।  काठमाडौंका निर्वाचित वाम गठबन्धनका प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्यको सम्मानमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले देउवा सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाए।  ओलीले बुधबार बिहानमात्र राष्ट्रपति कार्यालय शीतलनिवास पुगी अध्यादेशबारे छलफलसमेत

अध्यादेशबारे छलफल गर्न ओली र प्रचण्ड शीतलनिवासमा

५ पुस, काठमाडौं । राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश जारी गर्न सत्तापक्षले दबाव दिइरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्श गर्न वामपन्थी गठबन्धनका शीर्षनेता राष्ट्रपति भवन शीतलनिवास पुगेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष प्रचण्ड र एमाले नेता तथा पूर्वसभामुख सुवास नेम्वाङ राष्ट्रपतिसँग परामर्शका लागि शीतलनिवास पुगेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवासहित …

सत्ता हस्तान्तरण गर्न आतुर छु : देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश तत्काल स्वीकृत गरिदिन राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन् । राष्ट्रपतिलाई भेट्न बिहीबार शीतलनिवास पुगेका देउवाले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश स्वीकृत नहुँदा सत्ता हस्तान्तरणमा समेत अन्योल भइरहेको भन्दै स्वीकृत गरिदिन आग्रह गरेका हुन् ।