अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले आफू सन् २०२४ मा सत्तामा फिर्ता आए संसद् भवन हमलामा समावेश आफ्ना समर्थकलाई माफी गरिदिने बताएका छन् ।अघिल्लो वर्ष अमेरिकाको संसद् भवनमा ट्रम्प समर्थकले हमला गरेका थिए र यो हिंस्रक झडपमा पाँचजनाको मृत्यु भएको थियो ।शनिबार टेक्ससको एक र्यालीमा ट्रम्पले भने, ‘यदि मैले चुनाव लडेँ र जितेँ भने हामीले ६ जनवरीको घटनामा समावेश मानिससँग निष्पक्ष व्यवहार गर्नेछौँ । यदि यसका लागि माफीको आवश्यकता भए पनि हामी उनीहरुलाई माफी गरिदिनेछौँ किनभने उनीमाथि अन्याय