अर्गानिक प्रमाणीकरणमा सहयोग गर्न चिया उद्यमीको आग्रह

तेस्रो मुलुक निर्यात हुने नेपाली चियाको अर्गानिक प्रमाणीकरणमा सहयोग गर्न किसान र उद्योगीले सरकारसँग आग्रह गरेका छन् । चिया उत्पादन र निर्यातको मुख्य सिजनको समयमा निषेधाज्ञाले असहज हुँदा अर्गानिक प्रमाणीकरण र नवीकरणका लागि सरकारसँग आग्रह गरेका हुन् । विदेशी मुद्रा आर्जन गर्ने भए पनि निर्यात गर्ने चियाका सर्त पूरा गर्न भने किसानलाई निकै कठिन हुन थालेको छ । नवीकरणका लागि मात्र वार्षिक छ लाख रुपियाँसम्म खर्च गर्नुपर्दा पछिल्लो दुई वर्ष त धेरै मुस्किल भएको इलाम माईपोखरीस्थित जसवीरे चिया उद्योगका सञ्चालक शरद सुब्बाले बताउनुभयो ।

सम्बन्धित सामग्री

आर्थिक अभावकै कारण चिया उद्योग बन्द हुँदा किसान मारमा

धनकुटा : सरकारले नेपाल एकीकृत व्यापार रणनीतिमा चियालाई समावेश गरी प्रवर्द्धन गर्ने योजना बनाए पनि आर्थिक अभावकै कारण चिया उद्योग बन्द हुँदा कसैको ध्यान नपुगेको पाइएको छ।धनकुटाको पाख्रिबास नगरपालिकामा रहको राम्चे अर्गानिक चिया उत्पादक सहकारी संस्थाले सञ्चालन गरेको चिया उद्योग बन्द भएको लामो समय भएको छ। तर, सो उद्योग सञ्चालनका लागि सरोकारवाला पक्षको ध्यान नपुगेको पाइएको हो।पाख्रिबास नगरपालिका वडा नं. ७ मा रहेको करिब २ बर्षदेखि आर्थिक अभावको कारण देखाउँदै चिया उद्योग बन्द भएपछि चिया कृषक मारमा परेक

अर्गानिक उत्पादन बढाउन ‘भकारो सुधार’

हरियो चिया उत्पादन गर्ने प्रत्येक किसानका लागि २५ हजार रुपैयाँ अनुदानको कार्यक्रम ल्याउन लागिएको बोर्डका कार्यकारी निर्देशक डा.विष्णु भट्टराईले जानकारी दिए।...

नेपाली अर्गानिक चियाको अमेरिकी बजारमा माग बढ्दो

अमेरिकाको न्यूयोर्कमा आयोजित १५ औँ कफी तथा चिया महोत्सवमा नेपाली चिया उत्पादक कम्पनीहरुले सहभागिता जनाएका छन् । शनिबार र आइतबार न्यूयोर्कको ब्रुक लिन एक्स्पो सेन्टरमा आयोजित महोत्सवमा नेपाली टि र नेपाली कफी ८८४८ नामका कम्पनीहरुको चिया ग्राहकहरुले स्वाद लिन पाएका थिए । नेपालको न्युयोर्कस्थित कन्सुलेट जनरलको कार्यालयले महोत्सवमा भाग लिनका लागि समन्वय गरेको थियो । कार्यवाहक कन्सुलर जनरल विष्णु गौतमले प्रदर्शनीमा सहभागिताले नेपालको पहाडी भेगमा उत्पादित चिया तथा कफीले अन्तर्राष्ट्रिय बजारको पहुँ

अर्गानिक प्रमाणीकरण गर्न समस्या

तेस्रो मुलुक निर्यात हुने नेपाली चियाको अर्गानिक प्रमाणीकरण र नवीकरण नहुँदा चिया निर्यातमा समस्या आएको चिया किसान र व्यवसायीले बताएका छन् । अर्गानिक प्रमाणीकरणको मापदण्ड पूरा गरेर चिया निर्यातका लागि नेपाल चिया तथा कफी विकास बोर्डमार्फत पहिलो चरणमै लोगो पाएको सूर्योदय नगरपालिका–११ स्थित ओएसिस टी स्टेटले दुई वर्षदेखि अर्गानिक प्रमाणीकरण नवीकरण गर्न सकेको छैन ।

किसानलाई बगानमै पुगेर सिकाइँदै चिया सीप

अर्गानिक चियाको बजार सम्भावना उच्च भएर पनि किसानले यसबाट लाभ लिन सकेका छैनन्। पहाडी क्षेत्रको चिसो मौसममा उत्पादित अर्गानिक अर्थाेडक्स चियाले विश्व बजारमा उच्च मूल्य लिन सक्ने भएपनि गुणस्तर र परिमाणमा अझै ध्यान पुग्न सकेको छैन।...

तेह्रथुममा उत्पादित अर्गानिक चियाको माग बढ्दै

तेह्रथुममा उत्पादन गरिएको अर्गानिक चियाको माग बढ्दै गएको छ । गुणस्तरीय तथा अर्गानिक रुपमा जिल्लाको ग्रामीण क्षेत्रमा उत्पादित चिया नेपालको विभिन्न बजारमा बिक्री हुन थालेको छ ।व्यावसायिक रुपमा चिया खेती गर्दै आएका कृषकबाट उत्पादन भएको चियाको माग बढ्दै गएको सिंहदेवी अर्गानिक चिया प्रशोधन केन्द्र सोल्माका सञ्चालनक वीरबहादुर बस्नेतले बताए ।यहाँ उत्पादन भएको ग्रीन ‘टी’, ह्वाइट […]

पर्वतको फलामखानीमा अर्गानिक चिया उत्पादन सुरू

पर्वत जिल्लाको महाशिला गाउँपालिका–६ फलामखानीमा चिया उत्पादन सुरु भएको छ । जिल्लामा पहिलो पटक सुरु गरिएको व्यावसायीक चिया खेतीबाट तयारी चिया उत्पादन गर्न थालिएको हो । संरक्षणको अभावमा झण्डै एक दशकअघि लगाइएको चियाखेती अलपत्र परेको बेला महाशिला गाउँपालिकाले चियाखेती संरक्षण तथा विस्तार गर्न थालेको हो । यस वर्ष साउन महिना लागेपछि मात्रै टिपेकाले झण्डै १० […]

पर्वतको फलामखानीमा अर्गानिक चिया उत्पादन शुरु

साउन ३०, पर्वत । पर्वत जिल्लाको महाशिला गाउँपालिका–६ फलामखानीमा चिया उत्पादन शुरु भएको छ । धौलागिरि अञ्चलमा नै पहिलोपटक शुरु गरिएको व्यावसायिक चियाखेतीबाट तयारी चिया उत्पादन गर्न थालिएको हो ।  संरक्षणको अभावमा झण्डै एक दशकअघि लगाइएको चियाखेती अलपत्र परेको बेला महाशिला गाउँपालिकाले चियाखेती संरक्षण तथा विस्तार गर्न थालेको हो ।  यसवर्ष साउन महीना लागेपछि मात्रै टिपेकाले झण्डै १० किलोग्राम अर्गानिक चिया उत्पादन गर्न सकिएको फलामखानीका वडाध्यक्ष रामबहादुर सुनारले जानकारी दिए । इलाममा चियाको क्षेत्रमा कार्यरत नरेन्द्र सुवेदीको पहलमा यस वर्षदेखि प्रशोधन गर्न थालिएको हो । ‘वैशाखबाटै टिप्न शुरु गरेको भए ५० किलोग्रामभन्दा बढी उत्पादन हुने रहेछ’, वडाध्यक्ष सुनारले भने, ‘ढिलो गरी टिपेका कारण पाँच÷सात किलोभन्दा उत्पादन गर्न सकेनौँ ।’  विसं २०६७ मा तत्कालीन जिल्ला विकास समिति पर्वतको सहयोगमा शुरु गरिएको चियाखेती लामो समय संरक्षणको अभावमा गौचरणमा परिणत भएको थियो ।  उचित संरक्षण र रेखदेखको अभाबमा चियाखेती फस्टाउन सकेको थिएन । दुई वर्षअघिदेखि गाउँपालिकाको पहलमा गोडमेल तथा संरक्षण गर्न थालेपछि यस वर्षदेखि उत्पादन दिन शुरु गरेको सुनारले बताए ।  साविक फलामखानी गाविसको वडा नं ४, ५, ७, ८ र ९ का दलित समुदायको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले चियाखेती शुरु गरिएको थियो । इलामको जस्तै हावापानी भएकाले यहाँ चिया खेतीको सम्भावना रहेको छ । इलाम जिल्लाको जस्तै व्यावसायिक चियाखेती विस्तार गर्ने उद्देश्यले योजना शुरु गरे पनि स्थानीयले भने कुनै चासो नदेखाएपछि समस्या भएको थियो । ‘दलित समुदायको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले चियाखेती शुरु गरिएको हो’, महाशिला गाउँपालिकाका अध्यक्ष राजु पौडेलले भने, ‘स्थानीयवासीको बेवास्ताका कारण सोचेअनुसार फाइदा लिन सकिएको थिएन अब गाउँपालिकाले यसको संरक्षण र विस्तार गर्छ ।’ एक हजार ८०० मिटरको उचाइमा रहेको साविक फलामखानी गाविसलाई चिया खेतीको पकेट क्षेत्र बनाउने गरी तत्कालीन समयमा २० हजार चियाका विरुवा रोपिएको थियो ।  नगदेबालीको रुपमा चिया खेतीलाई प्रवर्द्धन गर्नकै लागि पहिलो चरणमा तत्कालीन जिविस पर्वतले झण्डै ६० रोपनी क्षेत्रफलमा चियाखेतीको शुरुआत गरेको थियो । साविक गाविसको ४ र ५ वडामा लगाएका विरुवा स्थानीयले संरक्षण नगर्दा नष्ट भए पनि वडा नं ७, ८ र ९ मा भने बिरुवा जीवितै रहेका थिए ।  फलामखानीका वडाध्यक्ष सुनारले अहिले पुराना बोट पनि राम्रो हुँदै गएको र उत्पादित चिया एकदमै स्वादिलो पाइएको बताए । अहिले स्थानीय समुदायसमेत चिया खेतीतर्फ आकर्षित हुन थालेका छन् । यस वर्ष थप १२ हजार बिरुवा रोप्न थालिएको छ ।  यस वर्ष स्थानीयवासीलाई चिया उत्पादन तथा प्रशोधनसम्बन्धी तीनदिने तालिमसमेत प्रदान गरिएको छ । अब समूह बनाएर यसको विस्तारमा लाग्ने बताइएको छ । महाशिला गाउँपालिकाले विगत तीन वर्षदेखि बर्सेनि यसको विकासका लागि रकम विनियोजन गर्दै आएको छ ।  यस वर्ष पनि रु तीन लाख विनियोजन भएको अध्यक्ष पौडेलले जानकारी दिए । उनका अनुसार गाउँ कार्यपालिकाको बैठकले नै चियाखेतीको लागि आवश्यक यन्त्र उपकरण खरीद गर्ने, उत्पादित चिया प्रयोगशालामा परीक्षणका लागि पठाउने निर्णयसमेत गरेको छ ।  पहिलोपटक उत्पादन गरिएको अर्गानिक चिया निकै गुणस्तरको पाएको र अब परीक्षण र थप क्षेत्रमा व्यावसायिक विकासको लागि गाउँपालिकाले योजना निर्माण गरी कार्य अगाडि बढाउने गाउँपालिकाका प्रवक्ता जीवन उच्चै ठकुरीले बताए । फलामखानीमा चियाको व्यावसायिक विकास गर्दै लैजाने गाउँपालिकाको नीति तथा कार्यक्रमसमेत रहेको उनको भनाइ रहेको छ । रासस

संगठित रुपमै अर्गानिक चिया उत्पादनमा होमिदै इलामेली, समस्या बजारको

काठमाडौं । चिया उत्पादनको हब इलाममा रेन फरेन्ट एलाइन्समा चिया उत्पादन शुरु भएको छ । रासायनिक पदार्थलाई पूर्णतः विस्थापित गर्दै जिल्लामा अर्गानिक अर्थात् रेन फरेन्ट चिया उत्पादनको थालनी भएको हो । पछिल्लो समय विश्व बजारमा अर्गानिक चियाको माग बढ्दै जान थालेपछि इलामेली कृषकहरु रेन फरेन्ट खेती तर्फ आकर्षित भएका हुन् । त्यस...

चिया उद्योगलाई अर्गानिक प्रमाणीकरणमा सहयोग

पछिल्लो समय चियाको अन्तर्राष्ट्रिय बजार निकै उत्साहजनक पाइए पनि अर्गानिक प्रमाणीकरण भने उद्योगी र किसानका लागि गलपासो बन्नेगरेको छ । आफ्नो उत्पादन विदेश निर्यातका लागि अनिवार्यजस्तै बनेको अर्गानिक प्रमाणीकरण खर्चिलो र बाध्यात्मक पनि छ ।