आर्थिक अभावकै कारण चिया उद्योग बन्द हुँदा किसान मारमा

धनकुटा : सरकारले नेपाल एकीकृत व्यापार रणनीतिमा चियालाई समावेश गरी प्रवर्द्धन गर्ने योजना बनाए पनि आर्थिक अभावकै कारण चिया उद्योग बन्द हुँदा कसैको ध्यान नपुगेको पाइएको छ।धनकुटाको पाख्रिबास नगरपालिकामा रहको राम्चे अर्गानिक चिया उत्पादक सहकारी संस्थाले सञ्चालन गरेको चिया उद्योग बन्द भएको लामो समय भएको छ। तर, सो उद्योग सञ्चालनका लागि सरोकारवाला पक्षको ध्यान नपुगेको पाइएको हो।पाख्रिबास नगरपालिका वडा नं. ७ मा रहेको करिब २ बर्षदेखि आर्थिक अभावको कारण देखाउँदै चिया उद्योग बन्द भएपछि चिया कृषक मारमा परेक