कैलाली - स्थापना भएको एक वर्ष नपुग्दै नागरिक उन्मुक्ति पार्टी कैलालीमा उदाएको छ । गएको वैशाखमा भएको पालिका चुनावमा जिल्लाकै सबैभन्दा ठूलो पार्टी बनेको नागरिक उन्मुक्ति पार्टी यो चुनावमा पनि पहिलो सहभागितामै जिल्लाकै पहिलो पार्टी बन्न उन्मुख छ ।
कैलालीको पूर्वी क्षेत्रमा बढी प्रभाव रहेको नागरिक उन्मुक्ति पार्टीले कैलालीको एक निर्वाचन क्षेत्रमा 'क्लिन स्वीप' गरेको छ भने दुई निर्वाचन क्षेत्रमा पनि प्रतिनिधि र प्रदेश सभामा अग्रता कायम गरेको छ।
कैलालीको क्षेत्र नम्बर ३ मा नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि र प्र...