काठमाडौँ । कोरोना (कोभिड–१९) को नयाँ स्वरूपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार यो सङ्क्रमण विश्वका ६० देशमा पुगिसकेको छ ।
विश्व स्वास्थ्य सङ्गठनले बुधबार दिएको जानकारीअनुसार सो भाइरस यो हप्तामा मात्र विश्वका १० वटा देशमा पुगेको हो । उक्त सङ्गठनले महामारीको यो स्वरूप दिन प्रतिदिन नयाँ नयाँ देशमा पुगिरहेको जनाएको छ ।
विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या २० लाखभन्दा बढी पुगेको छ ।
यता, बेलायतबाट निस्किएको भनिएको कोरोना भाइरसको नयाँ सङ्क्रमण पनि बढ्दो रूपमा विश्वमा बढ्दै गएको बताइएको छ । विश्व स्थास्थ्य सङ्गठनले दिएको जानकारीअनुसार गएको एक हप्ताभित्रमा मात्र करिब ९३ हजार जनाको ज्यान गएको छ । कोरोना भाइरसबाट उनीहरूको ज्यान गएको हो ।
तर त्यसमा यो नयाँ स्वरूपको भाइरसका कारण के कस्तो क्षति पुगेको छ भन्नेबारेमा भने केही अनुसन्धान भएको छैन । गत सात दिनभित्रमा विश्वमा कोरोना भाइरसका थप ४७ लाख सङ्क्रमित थपिएका छन् ।
पछिल्लो समयमा युरोपमा भित्रिएको खोपका कारण धेरै नागरिकमा आशा पलाएको छ । युरोपेली युनियनले पछिल्लो तथ्याङ्कमा भनेको छ, आगामी अगस्ट महिनाको अन्तिमसम्ममा विभिन्न युरोपेली देशका करिब ७० प्रतिशत नागरिकलाई यो खोप दिइसकिने भएको छ । (रासस/एएफपी)