काठमाडौं : नागरिकता अध्ययन कार्यदलले नागरिकता विधेयक नेपालमाथि विदेशीको अत्यधिक जनसांख्यिक अतिक्रमणद्वारा आधिपत्य जमाउने नियतले ल्याइएको टिप्पणी गरेको छ।साध्यबहादुर भण्डारी संयोजक रहेको कार्यदलले विधेयक नेपाललाई नवउपनिवेश बनाएर यहाँका आदिवासी, जनजाति र रैथाने जनसमुदायलाई अल्पमतमा परिणत गर्ने दुर्नियतले ल्याएको दाबी गरेको छ। पुनर्विचारका लागि राष्ट्रपतिबाट सन्देशसहित संसदमा फिर्ता हुँदा पनि त्यसलाई बेवास्ता गरेको भन्दै कार्यदलले आपत्ति जनाएको छ। राष्ट्रपतिजस्तो राष्ट्रकै गरिमामय अ