काठमाडौं । कोरोनाभाइरस विरुद्ध खोप अभियान बुधबार औपचारिक रुपमा सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार बेलुका ५ बजेसम्ममा ६४ जिल्लाका ९३ खोपकेन्द्र मार्फत ९ हजार ८४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस विरुद्धको खोपका लागि प्राथमिकता निर्धारण गर्दै पहिलो प्राथमिकतामा सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थामा कार्यरत सहयोगी कर्मचारीहरु, महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई राखेको छ ।सार्वजनिक