सरकारले बुधबारदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु गर्दै छ । प्रदेश सरकारहरूले सोमबार नै केही जिल्लामा खोप पुर्याइसकेका छन् । भारत सरकारको सहयोगमा ल्याइएको खोप पहिलो चरणमा जिल्ला अस्पताल र ठूला अस्पतालमा अग्रपंक्तिमा बसेर काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मी, सरसफाइकर्मी र सुरक्षाकर्मीलाई निःशुल्क रूपमा लगाउने प्रदेश सरकारको तयारी छ ।