बाँकेमा एकैदिन १८ जना संक्रमितको मृत्यु

२८ वैशाख, काठमाडौं । बाँकेमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट एकैदिन १८ जनाको मृत्यु भएको छ । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३५० पुगेको छ । जसमध्ये बाँके जिल्लाका मात्रै १९८ छन् भने बाँके जिल्ला बाहिरका १५२ जना छन् । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार बाँकेका ७ […]

सम्बन्धित सामग्री

बिहीबार एकजना कोभिड संक्रमितको मृत्यु

काठमाडौं : बिहीबार पनि कोभिड १९ संक्रमणबाट नेपालमा एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार आज १११ जना कोभिड १९ का संक्रमित थपिँदा एक जना संक्रमितको मृत्यु भएको हो। मन्त्रालयको विवरणअनुसार २ हजार ५१७ जनाको नमूना परीक्षण गर्दा १११ जना संक्रमित थपिएपछि नेपालमा कोभिडका सक्रिय संक्रमितको संख्या ३७८ जना पुगेको छ।सक्रिय संक्रमितमध्ये हाल १८ जना संस्थागत आइसोलेशनमा रहेका छन् भने ६ जना आइसियू र १ जना संक्रमित भेन्टिलेटर

थपिए २८ नयाँ संक्रमित,१८ जना कोरोना मुक्त

काठमाडौं : देशभर पछिल्लो समय १८ सय ७९ जनाको कोरोना परीक्षण गर्दा थप २८ जनामा नयाँ संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १८ जना कोरोना मुक्त भएका छन्। हालसम्म कोरोनाबाट ९ लाख ८८ हजार एक सय ४५ जना निको भएका छन्।पछिल्लो समय कुनै पनि संक्रमितको मृत्यु भएको छैन भने हालसम्म संक्रमणबाट १२ हजार १९ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।सक्रिय संक्रमितको संख्या पाँच सय ७० जना रहेको मन्त्रालयले जनाएको छ।

कोरोना अपडेट : ११ सय ५८ जना संक्रमित थपिँदा १३ सय १८ जना संक्रमणमुक्त

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर १ हजार १ सय ५८ जना कोरोना संक्रमित भएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विवरणअनुसार १४ हजार ३ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा १ हजार १ सय ५८ जना संक्रमित भेटिएका हुन्। आज १२ जना संक्रमितको मृत्यु भएको छ।यस्तै, आज १ हजार ३ सय १८ जना संक्रमणमुक्त भएका छन्। देशभर १८ हजार ४ सय २२ जना सक्रिय संक्रमित रहेका छन्।

प्रदेश १ मा एकै दिन १८ जना संक्रमितको मृत्यु

प्रदेश १ मा कोरोना संक्रमणबाट एकै दिन १८ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा १८ जना कोरोना संक्रमितको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मृत्यु हुनेमा १३ पुरुष र ५ जना महिला रहेका छन्।...

नेपालमा थप १८ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ । नेपालमा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ९ हजार ७१३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा थप १८ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ । नेपालमा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाका कारण हालसम्म नेपालमा ९६७९ जनाको मृत्यु भएको छ ।

आज १८ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा नौ हजार ४३० जना संक्रमितको मृत्यु भइसकेको छ। मन्त्रालयको तथ्यांकअनुसार क्रमशः घट्दै गएको मृत्युदर फेरि उकालो लाग्ने क्रममा छ। हिजो १२ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले बताएको छ। हालसम्म नेपालमा सात लाख छ हजार ९७३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

आज कोरोनाबाट थप १८ जना संक्रमितको मृत्यु

काठमाडौं। पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १८ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोनाबाट नौ हजार चार सय कुल संक्रमितको मृत्यु भएको छ। नेपालमा कोरोनाको मृत्युदर ४ दशमलव ०६ प्रतिशत रहेको छ। मन्त्रालयका अनुसार आज संक्रमितको संख्या सात लाख नाघेको छ। योसँगै कुल संक्रमितको संख्या सात लाख एक हजार ४५८ पुगेको छ।

वीपी प्रतिष्ठानमा ४ दिनमा १८ जना संक्रमितको मृत्यु

जेठ १०, धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई अस्पताल व्यवस्थापन र कोभिड संक्रमितका उपचारमा विशेष ध्यान दिन यहाँका सात राजनीतिक दलका प्रतिनिधिले ध्यानाकर्षण गराएका छन् । उपकुलपति कार्यालय अगाडि सोमवार एक घण्टा धर्ना दिइ उनीहरुले तत्काल अक्सिजन प्लान्ट मरमत गरी पूर्ण क्षमतामा सञ्चालन गर्न र कोरोना संक्रमितका उपचारमा उच्च प्राथमिकता दिन उपकुलपति डा ज्ञानेन्द्र गिरीसँग आग्रह समेत गरेका छन् ।   यसरी ध्यानकर्षण गराउने पार्टीमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, संघीय राज्य परिषद, जनमुक्ति पार्टी लगायत रहेका छन् ।  कांग्रेस सुनसरीका सचिव सुजेन्द्र तामाङले संक्रमितको उपचारमा प्रतिष्ठानले ध्यान नदिएको आरोप लगाउँदै उपकुलपतिले अस्पताल व्यवस्थापन गर्न नसकेको बताए ।   प्रतिष्ठानमा प्रतिमिनेट १ हजार ६०० लिटर अक्सिजन उत्पादन गर्ने प्लान्ट भए पनि पूर्ण क्षमतामा सञ्चालनमा हुन सकेको छैन । प्रतिष्ठानद्वारा सञ्चालित कोभिड अस्पतालमा गत चार दिनको अवधिमा १८ जना कोरोनाका बिरामीको मृत्यु भएको थियो । रासस

पछिल्लो २४ घण्टामा १८ संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा १८ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार १९४ पुगेको छ।