काठमाडौं : अफगानिस्तानमा तालिबानले गठन गरेको अन्तरिम सरकारमा विवाद देखिएको छ। राष्ट्रपति भवनमा तालिबानका सह-संस्थापक मुल्लाह गनी बरादर र खलील उर रहमानबीच भनाभन हुनुका साथै दुई जनाबीचको वादविवादपछि उनीहरूका समर्थक एकआपसमा भिडेका समाचार सार्बजनिक भएको छ। गत महिना मात्रै तालिबानले अफगानिस्तानमा सत्ता कब्जा गरेको थियो। अफगानिस्तानलाई इस्लामिक गणतन्त्रबाट इस्लामिक इमिरेट्स बनाएको तालिबानले सेप्टेम्बर ७ मा मन्त्रिपरिषद् गठन गरेको थियो। मन्त्रीमण्डलमा अमेरिका लगाइतका देशले आतंककारी