‘तालिबान सरकारमा चुलियो विवाद, उपप्रधानमन्त्री बरादरले छाडे काबुल’

अफगानिस्तानमा तालिबानको अन्तरिम सरकारमा आन्तरिक विवाद चुलिएको छ । बीबीसीका अनुसार राष्ट्रपति भवनमा तालिबानका सहसंस्थापक मुल्लाह गनी बरादरको समूह र एक जना मन्त्रीबीच भनाभन भएको छ । केही दिनदेखि बरादर सार्वजनिक रूपमा देखिएका पनि छैनन् ।