अमेरिकी अधिकारीहरूले तालिबानलाई अफगानहरूको सूची बुझाएपछि विवाद उठेको छ ।
अमेरिकी सेनालाई सहायता गर्ने अफगानहरूको सूची तालिबानलाई बुझाउँदा उनीहरूको ज्यान जोखिममा परेको बताइएको छ ।
तालिबानले काबुल नियन्त्रणमा लिएपछि अमेरिकी अधिकारीहरूले उक्त समूहलाई अमेरिकी नागरिक, ग्रीन कार्डधारी तथा अफगान साझेदारहरूको नामको सूची दिएका थिए । उक्त सूचीमा रहेका व्यक्तिहरूलाई तालिबान नियन्त्रणमा रहेको क्षेत्रमा प्रवेश गर्न दिइएको छ ।
अमेरिकी सेनालाई सहायता गर्ने अफगानहरूलाई तालिबानले कठोर मृत्युदण्ड दिने ...