टेलिकमको खुद नाफा ३ अर्ब ८९ करोड ७८ लाख रुपैयाँ

काठमाडौं । चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा नेपाल टेलिकमले ३ अर्ब ८९ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । सो कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार यो वर्ष नाफा १८.५० प्रतिशतले बढेको हो । यस कम्पनीले गत आर्थिक वर्षको सोही अवधिसम्ममा ३ अर्ब २८ करोड ९३ लाख रुपैयाँ खुद नाफा गरेको थियो । […] The post टेलिकमको खुद नाफा ३ अर्ब ८९ करोड ७८ लाख रुपैयाँ appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

नेपाल टेलिकमको नाफा साढे ६ अर्ब बढी

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को नाफामा गिरावट आएको छ । एनटीसीले गत आर्थिक वर्ष (२०८०/८१) ६ अर्ब ६१ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । टेलिकमको नाफा अघिल्लो वर्ष यस अवधिको तुलनामा १६. ४४ प्रतिशतले कम हो । अघिल्लो वर्ष यसले ७ अर्ब ९२ करोड रुपैयाँ नाफा कमाएको थियो […]

टेलिकमले कमायो साढे ५ अर्ब नाफा, प्रतिसेयर आम्दानी साढे ४१ रुपैयाँ

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले ५ अर्ब ५९ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कमाएको नाफा हो । टेलिकमको नाफा गत वर्ष यसै अवधिको तुलनामा ३ प्रतिशतले बढी हो । गत वर्ष यसले ५ अर्ब ४१ करोड १९ लाख रुपैयाँ नाफा कमाएको थियो । टेलिकमको […]

नेपाल टेलिकमको खुद नाफा घट्यो

काठमाडौं– नेपाल टेलिकमले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आएर नाफा कमाएको छ । टेलिकमले ३ अर्ब ९३ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । गत वर्ष यसले ४ अर्ब २५ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको थियो ।  यस कम्पनीको सञ्चालन आम्दानी घटेपछि नाफामा गिरावट आएको हो र वित्तीय आम्दानी पनि घटेको […]

नेपाल टेलिकमको नाफा ८ अर्ब ३८ करोड रुपैयाँ पुग्यो

काठमाण्डाै – नेपाल दूरसञ्चार कम्पनी एनटीसीको नाफा बढेर झन्डै साढे आठ अर्ब रुपैयाँ पुगेको छ । टेलिकमले आज साेमवार सार्वजनिक गरेको विवरणअनुसार गएको आर्थिक वर्ष २०७८/०७९ मा कम्पनीले आठ अर्ब ३८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको भन्दा एक अर्ब २५ करोड ६ लाख रुपैयाँले धेरै हो ।  यस्तै टेलिकमको सञ्चालन आय पनि झन्डै ३८ अर्ब रुपैयाँ पुगेको छ । गएको आर्थिक वर्षमा टेलिकमले ३७ अर्ब ८८ करोड ९९ लाख रुपैयाँ सञ्चालन आय गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा एक अर्ब ९५ कराेड ४२ लाख रुपैयाँले धेर...

१८ प्रतिशतले बढ्यो टेलिकमको खुद नाफा

चालू आर्थिक वर्ष २०७८/७९ को ६ महिना पुस मसान्त सम्ममा नेपाल टेलिकमको खुद नाफा १८.४९ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा साढे १८ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको ६ महिनामा कम्पनीको खुद नाफा तीन अर्ब २८ करोड ९३ लाख रुपैयाँ थियो । जुन, यो वर्षको ६ महिनामा ६० करोड ८४ लाख ८१ हजार रुपैयाँले बढेर तीन अर्ब ८९ करोड ७८ लाख रुपैयाँ पुगेको हो ।यस्तै, कम्पनीको कुल सञ्चालन आय पनि बढेको छ । गत वर्षको सोही अवधिमा १७ अर्ब ७२ करोड ४९ लाख रुपैयाँ रहेको सञ्चालन आय यो वर्ष

टेलिकमको नाफा ७४ करोडले बढ्यो

काठमाडौँ । यस आर्थिक वर्षको पहिलो तीन महिनामा नेपाल टेलिकमको नाफा ७४ करोडले बढेको छ । कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार साउन, भदौ र असोज महिनामा २ अर्ब २५ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा कम्पनीले १ अर्ब ५१ करोड ७७ लाख खुद नाफा कमाएको थियो […]

नेपाल टेलिकमको नाफा ७४ करोडले बढ्यो

यस आर्थिक वर्षको पहिलो तीन महिनामा नेपाल टेलिकमको नाफा ७४ करोडले बढेको छ । कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार साउन, भदौ र असोज महिनामा २ अर्ब २५ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा कम्पनीले १ अर्ब ५१ करोड ७७ लाख खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीको नाफा ४८.९० प्रतिशतले बढी हो ।

नेपाल टेलिकमको आम्दानीसँगै नाफामा पनि धक्का

नेपाल टेलिकमको नाफामा दबाब परेको छ भने स्रतिसेयर आम्दानीमा धक्का लागेको छ । चालू आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले ३ अर्ब २८ करोड ९३ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ अर्ब ६९ करोड रुपैयाँ कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा टेलिकमले ४ अर्ब ९३ करोड रुपैयाँ खुद नाफा...

टेलिकमको आम्दानी ६% घटेर ३४ अर्ब ५७ करोड

नेपाल दूरसञ्चार कम्पनी (टेलिकम) को गत आर्थिक वर्षमा कुल आम्दानी ६.२ प्रतिशतले घटेर ३४ अर्ब ५७ करोड ६७ लाखमा सीमित भएको छ । कम्पनीले आघिल्लो वर्ष २०७५÷०७६ मा ३६ अर्ब ८६ करोड आम्दानी गरेको थियो । शुक्रबार सार्वजनिक पछिल्लो त्रैमासिक वित्तीय विवरण अनुसार वैशाखदेखि असार मसान्तसम्ममा कम्पनीले ९९ करोड ४० लाख ६५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यही अवधिमा गत वर्ष टेलिकमले २ अर्ब ५५ करोड ८७ रुपैयाँ लाख खुद नाफा आर्जन गरेको थियो । टेलिकमले यो अवधिमा गरेको खुद नाफा गत वर्ष सोही अवधिको ३८ प्रतिशत मात्रै हो । कोभिड–१९ महामारीका कारण रोमिङ सेवाबाट हुने आय घटेको, सरकारको निर्देशनअनुसार भ्वाइस र डेटा सेवामा लकडाउन अवधिभर ३० प्रतिशत छुट दिएका कारण आम्दानी र नाफामा कमी आएको टेलिकमको विश्लेषण छ । वैशाखदेखि असार ३० गतेसम्म ९ अर्ब २२ करोड २४ लाख रुपैयाँ आम्दानी गरेको टेलिकमले सार्वजनिक गरेको वित्तीय विवरणमा छ । गत वर्ष यही अवधिमा टेलिकमले ११ अर्ब ३६ करोड ३२ लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीका अनुसार भ्वाइस सेवाको आम्दानीमा गत आर्थिक वर्षमा २ अर्ब १६ करोड रुपैयाँ र अन्तर्राष्ट्रिय रोमिङलगायत सेवाबाट हुने आम्दानीमा ५४ करोड रुपैयाँले कमी आएको छ । यही कारण गत आर्थिक वर्षको चौथो त्रैमासिकमा आयतर्फ मात्रै करिब २ अर्ब रुपैयाँले कमी आएको कम्पनीको दावी छ । गत आर्थिक वर्षमा डेटा सेवातर्फको आम्दानी भने ७५ करोड रुपैयाँ वृद्धि भएको कम्पनीले जनाएको छ । चालू आर्थिक वर्षमा सेवाबापत हुने आम्दानी ६ प्रतिशत मात्रै कमी भएको टेलिकमको तथ्यांक छ । सेवातर्फ टेलिकमले गत आर्थिक वर्षमा ३४ अर्ब ५७ करोड रुपैयाँ आम्दानी गरेको थियो । त्यसभन्दा अघिल्लो आर्थिक वर्षमा टेलिकमको कमाइ ३६ अर्ब ८६ करोड रुपैयाँ थियो । टेलिकमले दिइरहेको सेवामध्ये फाइबर टू दी होम, लिज्ड लाइन र डेटातर्फबाट अरू सबै आयमा कमी आएको टेलिकमले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । लिज्ड लाइन र फाइबर टू दी होमको आय बढे पनि यसको कारोबार परिमाण निकै कम रहेकाले अन्य सेवाको आम्दानी परिपूर्ति हुन नसकेको टेलिकमको विश्लेषण छ । टेलिकमले ०७५ चैतदेखि आफ्नो रिचार्ज कार्ड बिक्रेतालाई कमिसनको सट्टा डिस्काउन दिन सुरु गरेको थियो । “कमिसन कुल बिक्री हिसाब गरिसकेपछि दिइने भए पनि डिस्काउन्ट सुरुमै दिने भएकाले आयमा कमी देखिएको हो,” विज्ञप्तिमा भनिएको छ । गत आर्थिक वर्षमा करिब ८० करोड रुपैयाँ डिस्काउन्ट दिइएको टेलिकमको भनाइ छ । सरकारको निर्देशनअनुसार लकडाउन अवधिमा रिचार्जमा शतप्रतिशत बोनसबापत् ५३ करोड ४० लाख रुपैयाँभन्दा बढी रिचार्ज बोनस दिइएको टेलिकमको भनाइ छ । यस्तै डेटातर्फ ३० प्रतिशत छुट दिँदा करिब २३ करोड बराबरको सेवा निःशुल्क गरिएको थियो ।