नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएर नेता माधवकुमार नेपालसहित ४ जनामाथि गरिएको कारवाही फुकुवाको निर्णय गराएपछि नेपाल समूहले आन्तरिक छलफल शुरू गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको एमाले स्थायी कमिटी बैठकले नेता नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरिएको कारवाही फुकुवा गर्ने निर्णय गरेको थियो ।
कारवाही फुकुवाको निर्णयलाई नेता नेपाल समूहका नेताहरूले स्वागतयोग्य भन्दै पार्टीलाई जेठ २ गतेको अवस्थामा फर्काउनुपर्ने माग दोहोर्याएका छन् ।
‘हि...