गण्डकी । गण्डकी प्रदेश सरकारले पूर्वमुख्यमन्त्रीलाई सुविधा उपलब्ध गराउने निर्णय गरेको छ ।
शनिबार कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा नयाँ सरकार गठन भएपछि आज बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यमन्त्रीलाई सुविधा उपलब्ध गराउने निर्णय गरेको हो । कार्यविधि बनाएर सुविधा निर्धारण गरिने जनाइएको छ ।
बैठकले सरकारको प्रवक्तामा मन्त्री कुमार खड्कालाई तोकेको छ ।...