मोरिससविरुद्धको दुई खेलको मैत्रीपूर्ण शृंखला अगाडि मुख्य प्रशिक्षक भन्दै थिए, यस्ता खेलमा जित हारको विषय गौण हुन्छ । मुख्य विषय त टिमको प्रदर्शन कस्तो रह्यो, टिमले कति बलियो चुनौती पेस गर्यो, खेलाडी के कस्तो हालतमा छन्, त्यो पाउनु हो । खासमा यो कूटनीतिक भाषा नै हो ।