कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका-८ बेलडाँडीस्थित प्रगति महिला सामुदायिक वन उपभोक्ता समूहले ४८ उपभोक्तालाई ग्याँस सिलिण्डर र चुलो वितरण गरेको छ।काठ बिक्रीबाट आएको दुई लाख ८० हजार रुपैयाँले उपभोक्तालाई ग्याँस सिलिण्डर र चुलो वितरण गरिएको समूहका अध्यक्ष अमरबहादुर साउदले बताए। वनमाथिको निर्भरता कम गर्न उक्त काम गरिएको साउदको भनाइ छ।‘सोही रकमबाट आठजना उपभोक्तालाई गोबर ग्यास प्लान्टमा अनुदान रकम उपलब्ध गराएका छौं,’ उनले भने, ‘सामुदायिक वनका उपभोक्ता दाउरामा निर्भर थिए। ग्याँस स