बेपत्ता छानबिन आयोग: २ वर्षलाई गठन, ५ पटक म्याद थप; ३२ करोड खर्चिँदा पनि उपलब्धि नगण्य

बेपत्ता पारिएका व्यक्तिहरूको छानबिनका आयोग गठन भएको सात वर्ष बितिसक्दा पनि हालसम्म ठोस उपलब्धि हासिल हुन सकेको छैन । २ वर्षका लागि गठन गरिएको उक्त आयोगको म्याद भने सरकारले पटक–पटक गरेर कुल पाँचपटक बढाइसकेको छ । सात वर्षमा कुल ३२ करोड रुपैयाँ खर्च समेत आयोगले गरिसकेको छ । तर आयोगले परिणाममुखी काम गर्न सकेको छैन ।   जुनसुकै सरकार आएपनि आयोगको म्याद भने थपेकोथप्यै छ। यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले उक्त आयोगको म्याद पटक-पटक थप्दै आएकोमा अहिले शेरबहादुर देउवा नेतृत्वको सरकारले पनि १ वर्षका ल...

सम्बन्धित सामग्री

सत्य निरूपण र बेपत्ता छानबिन आयोगको म्याद थप्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं। सरकारले द्वन्द्वकालीन मुद्दा समाधानका लागि गठित दुई आयोगको म्याद थप गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग तथा पदाधिकारीको म्याद १ वर्ष थप गर्ने निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। १७ महिनाअघि गठन भएका दुवै आयोगको म्याद आज सकिँदै थियो।

द्वन्द्वकालीन मुद्दा निरुपण गर्न गठित दुवै आयोगको म्याद एक वर्ष थप

काठमाडौं : सरकारले संक्रमणकालीन न्याय निरुपण गर्न गठित दुई आयोग र पदाधिकारीको म्याद एक वर्ष थप गर्ने निर्णय गरेको छ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बेपत्ता छानबिन आयोग, सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद थप गर्ने निर्णय गरेको हो। दुबै आयोगको म्याद थप गर्ने निर्णय भएको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए।यस्तै सरकारले साउन ३ गते प्रतिनिधिसभा बैठक बेलाउन सिफारिस गरेको छ। पछिल्लो पटक अध्यादेशमार्फत माघ २३ गते आयोगको म्याद ६ महिनालाई थपिएको म्याद आज सकिदैछ।२०७६ माघ ६ गते बसेको मन्त्रिपरिषद्