सत्य निरूपण र बेपत्ता छानबिन आयोगको म्याद थप्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं। सरकारले द्वन्द्वकालीन मुद्दा समाधानका लागि गठित दुई आयोगको म्याद थप गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग तथा पदाधिकारीको म्याद १ वर्ष थप गर्ने निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। १७ महिनाअघि गठन भएका दुवै आयोगको म्याद आज सकिँदै थियो।

सम्बन्धित सामग्री

टिआरसीसँग सम्बन्धित विधेयक छिटोभन्दा छिटो पारित गर्नुपर्छ : कांग्रेस

काठमाडौँ- सत्तारूढ दल नेपाली कांग्रेसको पार्टी पदाधिकारी बैठकमा सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग ऐन चाँडाेभन्दा चाँडो पारित गर्नुपर्ने निष्कर्ष निकालेको छ । मंगलबार कांग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको पदाधिकारी बैठकमा सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग ऐन चाँडोभन्दा चाँडो पारित ...

टिआरसी र बेपत्ता छानबिन आयोग विधेयक तयार, द्वन्द्वपीडितबाट सुझाव लिइने

काठमाडौं : सत्य निरूपण तथा मेलमिलाप आयोग (टिआरसी) र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसम्बन्धी संशोधन विधेयक अन्तिम चरणमा पुगेको छ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल विदेश भ्रमणबाट फर्किएपछि यी दुवै विधेयक संशोधनले अन्तिम रूप पाउने बताइएको छ। विधेयक टुंगो लागेसँगै दुवै आयोगमा पदाधिकारी पनि निय...